लागुऔषध सहित १० जना बुटवलबाट पक्राउ

लागुऔषध सहित १० जना बुटवलबाट पक्राउ

बुटवल । बुटवल प्रहरीले अवैध लागुऔषध सहीत १० जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुटवलका विभिन्न ठाउँबाट ठुलो परिमाणको लागुऔषध सहीत ३ जना महिला र ७ पुरुषलाई हिजो नियान्त्रणमा लिएको हो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न.९ बसपार्क स्थित सार्वजनिक शौचालयबाट शंका लागेर प्रहरीले चेकजाँच गर्दा स्याङजा जिल्ला वालिङ नगरपालिका वडा न.८ बस्ने वर्ष २१ की सुनिता खड्का र खोटाङ जिल्ला डिक्टेल नगरपालिका वडा न.३ बस्ने वर्ष २४की ममता राई साथबाट टु एम आईका नुफिन १८ वटा,डाईजेपाम १८,फेनारागन १८ एम्पुल्स बरामद गरेको हो ।

यस्तै उनीहरुलाई सोधपुच्छ गर्दा उक्त लागुऔषध नवलपरासी जिल्ला रामगा्रम नगरपालिका वडा न.२ बस्ने वर्ष कह्२४का सुदिप कुमार केवट संग खरिद गरेको खवर पाए संगै केवट संग प्रहरीले खानतलास गर्दा उनको साथबाट ना १३ प ३६३५ नम्बरको स्कुटर सहीत टु एम आईका नुफीन ३२,डाईजेपाम ३२,फेनारागन ३२ र नगद ३ हजार सहीत उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लले जानकारी दिए ।

यस्तै प्रहरीले हिजो नै बुटवल वडा न.१० औधोगिक क्षेत्रबाट लु ३९ प ८२५ नम्बरको स्कुटीलाई जेकजाँच गर्दा जेकजाँच गर्दा बुटवल वडा न.२ बस्ने वर्ष २१ की सुना कुवर, र सोही ठाउँ बस्ने वर्ष २२ की सलिना थापाको साथ बाट १३ ग्राम ३० मिलि ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरि हिजो नै बुटवल उपमहानगरपालिका वडा न.७ सिद्धेश्वर खेलकुद मैदानबाट २० गाँजा सहीत ५ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सोही ठाउका असमान थापा,राहुल गौतम,वडा न.८का दिलन राना,शुसिल ढुङगाना र वडा न.९का प्रदिप पाण्डेलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिए ।

१० जनाको साथबाट जम्मा अनुमानित १८३ गा्रम विभिन्न प्रकारका अवैध लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, पुष १० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij