JanataToday.com

Advertisment

SKIP THIS

देवदहमा मेला गर्न राजनीतिक दलसँग छलफल

देवदहमा मेला गर्न राजनीतिक दलसँग छलफल

देवदह। रुपन्देहीको देवदहमा लाग्न थालेको औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाका लागि स्थानीय विभिन्न राजनीतिक दल तथा संघसस्थासँगको छलफललाई तिव्रता दिइएको छ ।

देवदह उद्योग बाणिज्य संघको आयोजनामा फागुनको १६ देखि २७ गतेसम्म लाग्न थालेको मेलालाई सफल बनाउनका लागि संघले बुधवार राजनीतिक दलसँग छलफल गरेको हो ।

देवदह क्षेत्रको प्रचारप्रशार तथा पर्यटकिय क्षेत्रको प्रवर्धन गर्नका लागि देवदहमा लाग्न थालेको प्रदर्शनी सफल बनाउन स्थानीय राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

फागुनमा लाग्न थालेको पाँचौ राष्ट्रिय औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सव सफल बनाउनका लागि आआफ्नो क्षेत्रबाट सहयोग गर्ने र मेलालाई सफल बनाउने प्रतिवद्धता जनाएका हुन् ।

देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नगर अध्यक्ष प्रकाश अर्याल, नेपाली कांग्रेसका नगर सभापति गुणाखर भुर्तेल, बासुदेव रिमाल, राप्रपाका केन्द्रीय पार्सद माधव रिमाल, नेकपा क्रान्तिकारीका नगर अध्यक्ष ऋषिराम लामिछाने, संघका उपाध्यक्ष प्रमोद खनाल लगायतले देवदहमा लाग्ने मेला देवदहको गौरव भएकाले मेलालाई सफल बनाउन राजनैतिक दलको तर्फबाट सबैप्रकारको सहयोग गर्ने प्रतिवद्धता जनाए ।

संघका महासचिव हरि भण्डारिको संचालनमा भएको कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उद्योग, ब्यापार, कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार भन्ने नाराका साथ फागुनको १६ देखि २७ गतेसम्म लाग्ने मेलामा स्थानीय उत्पादन, कृषि, पर्यटनलाई प्रवद्र्धन गर्नुका साथै खेलकुद, साँस्कृतिक तथा बालउद्यानका विभिन्न स्टलहरु राखिने संघले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, पुष ११ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij