JanataToday.com

Advertisment

SKIP THIS

बुटवल बाईकर्सद्वारा सेज राईडिङ साईन्स

बुटवल बाईकर्सद्वारा सेज राईडिङ साईन्स

वुटवल । एम्.ए.डब्लु इन्टर प्राइजेज प्रा.लि. र वुटवल वाइकर्स प्रा.लि. (यामाहा शोरुम) को संयुक्त आयोजनामा वुटवलमा अवस्थित एमस कलेजमा यामाहाले यामाहा सेज राइडिङ साइन्स कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यालयका करिब ३ सय जना बिद्यार्थीहरुले उल्लेखनीय सहभागिता रहेको बुटवल बाईकर्सका प्रा.लि.का सेल्स म्यानेजर पारस मरासीनिले जानकारी दिए ।

कार्यक्रममा ४५ मिनेट प्रोजेक्टरको माध्यमबाट वाइक तथा स्कुटर चलाउँदा हुने दुर्घटना बाट कसरी बच्न सकिन्छ, स्पिड कति उपयुक्त हुन्छ, चालकले केके कुरा गर्नु लगायतका विषयमा एम.ए.डब्लु इन्टरप्राईजेज प्राइभेट लिमिटेडका यामाहा सेज राइडिङ साइन्स कार्यक्रम प्रमुख अनुप श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र र वाइक तथा स्कुटर टेस्ट राइड गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई जुस तथा विभिन्न खालका उपहारहरु समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा क्यामपस चिफ विकास श्रेष्ठले बोल्दै यस्ता खालका कार्यक्रमहरु विद्यार्थीहरुका लागि अति आवश्यक रहेको बताउँदै यस्ता क्रियाकलापलाई निरन्तर राख्न सुझाब दिएका थिए ।

कार्यक्रममा क्यामपस प्रध्यापक दर्गा प्रसाद भुसाल, सुरज शाक्य, तुल्सी महत्तो, भोजराज पङगेनी, किरण गुरुङ लगायतले बोल्दै कार्यक्रमको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : शनिबार, पुष १४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij