बुटवल । रुपन्देहीमा सम्पन्न लुम्बिनी एक्स्पो २०१८ खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७५ को उपाधि मणिमुकुन्द भलिबल क्लब निलो हात पारेको छ ।
शनिबार भएको प्रतिस्प्रर्धात्मक फाईनल खेलमा मणिमुकुन्दले गुल्मी भलिबल संघलाई ३–१ को सेटमा पराजित गरेको हो । उपाधिसंगै मणिमुकुन्दले नगद १ लाख ११ हजार १ सय ११ सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
उपविजेता गुल्मी नगद ६६ हजार ६ सय ६६ सहित कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।
यसैगरि मणिमुकुन्द सेतोले ब्रेभ गोर्खा क्लब बुटवललाई ३–२ को सेटमा पराजित गर्दै तृतिय स्थान हासिल गरेको छ । मणिमुकुन्द सेतो नगद ४४ हजार ४ सय ४४ तथा चौथौ ब्रेभ गोर्खा नगद २१ हजार ५ सय ५५ सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।
रुपन्देही ब्यापार संघ, जिल्ला भलिबल संघ रुपन्देही र ब्रेभ गोर्खा युथ क्लब बुटवलको संयुक्त आयोजनामा भएको प्रतियोगिताका विजेता, उपविजेता टिमलाई एक समारोहका बिच प्रदेश नं. ५ का प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, नेपाल भलिबल संघका रुपन्देहीका निर्वमान अध्यक्ष विष्णु कुमार श्रेष्ठ क्लबका अध्यक्ष नबिन सारुले पुरस्कार वितरण गरेका थिए ।
प्रकाशित मिति : शनिबार, पुष १४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्