बुटवल । नेपाल मगर विद्यार्थी संघ रुपन्देहीको १४ औं जिल्ला अधिवेशनको शनिबार एक कार्यक्रमका बीच बुटवलमा उद्घाटन गरिएको छ ।
नेपाल मगर विद्यार्थी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष विष्णु थापाले अधिवेशनको उद्घाटन गरेका थिए ।
कार्यक्रमको उद्घाटन् गर्दै उनले विद्यार्थीहरु देशको सम्पती भएको बताउँदै विद्यार्थीले शिक्षा हाँसिल गरेपछि देशभित्र सम्मानका साथ इलम गर्ने वातावरण बनाउने दायित्व राज्यको भएको बताए ।
विद्यार्थीहरुले शैक्षिक जागरण फैलाउने काम भएको बताउँदै मगर विद्यार्थीहरु भने आफ्नो पहिचानको लागि पनि काम गर्नुपर्ने बाध्यता रहेको औलाए ।
नेपाल मगर विद्यार्थी संघ जिल्ला समितिका अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दल बहादुर वीरकट्टा, आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष सनु थापा, नेपाल मगर संघ बुटवल उपमहानगर समितिका कार्यबाहक अध्यक्ष बसन्ती साठिघरे, मगर संघ सैनामैनाका उपाध्यक्ष नीर पुलामी, नेपाल मगर विद्यार्थी संघ गुल्मीका उपाध्यक्ष कमल काउचा, पाल्पाका सचिव सीता रास्कोटी, एक्सिस बोर्डिङ्ग स्कुल बुटवलका प्राचार्य सिवि थापा लगायतले बोल्दै देश परिवर्तन र सामुदायिक पहिचानका लागि विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने कुरा बताए ।
उपाध्यक्ष दीपक दर्लामीको स्वागत तथा सचिव बशुन्धरा पेमीमगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने नेपाल मगर विद्यार्थी संघ, रुपन्देहीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, पुष १४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्