JanataToday.com

Advertisment

SKIP THIS

पर्यटन प्रवद्र्धनका लागि रु ९० करोडको गुरुयोजना

पर्यटन प्रवद्र्धनका लागि रु ९० करोडको गुरुयोजना

घोराही । दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवद्र्धनका लागि झण्डै रु ९० करोडको गुरुयोजनाको तयारी गरिएको छ ।

यहाँको पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न करीब रु ९० करोड बढीको गुरुयोजना बनाएर अघि बढ्ने पाण्डवेश्वर महादेव धामका सचिव विष्णुराम आचार्यले बताए ।

“पहिले हामीले करीब रु ७० करोडको गुरुयोजना बनाएका थियौँ । सो गुरुयोजनाबाट केही काम सम्पन्न पनि भइसकेका छन्”, उहाँले भन्नुभयो, “पहिलेको गुरुयोजनाको केही छुटेको थियो त्यसलाई समेटेर अब बृहत् गुरुयोजना भन्दैछ यसको तयारीमा हामी जुटेका छौँ ।”

नयाँ गुरुयोजनामा धाम वरपरको वन क्षेत्रलाई संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करीब चार बिघा क्षेत्रफलमा ढुङ्गा सयर गर्ने खालको ताल निर्माण गर्ने, धामसँग धार्मिक सम्बन्ध रहेको धामदेखि करीब दुई किलोमिटर माथि सुनकोट डाँडोमा ३१ क्विन्टलको घण्ट निर्माण, सुनकोटसम्म पुग्नाका लागि चार हजार ९६३ सिँढी निर्माण गर्ने छन् ।

सिँढी निर्माण गर्दा एक जना दाताले एउटा मात्रै सिँढी निर्माण गर्न पाउने छ । यसअघिको गुरुयोजनाअनुसार मन्दिर परिसरमा ॐ पोखरी निर्माण १०८ गौमुखी धारा निर्माण, १०८ वरपीपल रोपनलगायतका कार्य सम्पन्न भइसकेको सचिव आचार्यले बताए ।

अहिले गुरुयोजनाको लागि कानूनी प्रक्रिया अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । प्रदेश नं ५ ले यस आर्थिक वर्षमा धारापानी धामको पर्यटन विकासका लागि रु पाँच करोड बजेटसमेत विनियोजन गरेको छ ।

‘न्यायिक समितिमा उपलब्धि बढ्दै’
घोराही उपमहानगरपालिकाले गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा न्यायिक समितिमा भए गरेका कामको विवरण सार्वजनिक गरेको छ ।

उपमहानगरका न्यायिक समितिका प्रमुख सीता सिग्देल न्यौपानेले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी आव २०७४÷०७५ को असार समान्तसम्म न्यायिक समितिमा दर्ता भएका २५६ उजुरीमध्ये १०५ किनारा लागेको जानकारी दिए ।

यस्तै अघिल्लो वर्षका बाँकी मुद्दा चालू आवमा पनि छलफलमै रहेको उहाँको भनाइ थियो । यसैगरी चालू आव २०७५÷७६ मा अहिलेसम्म ८५ उजुरीमध्ये ३७ वटा मित्रापत्र गरिसकेको उहाँले बताए ।

उनले न्यायिक समिीिमा विशेष गरी लेनदेन, सम्बन्धविच्छेद, जग्गा, विवाद, जग्गा रोक्का, कुलो नाला पानी, घरभाडा, घरेलु हिंसा, वातावरण, गाली बेइज्जती, अंश मुद्दा, कुटपिटका मुद्दा आउने गरेको जानकारी दिए ।

प्रकाशित मिति : सोमबार, पुष १६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij