काठमाडौं । सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्री आसपासमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखको रेकर्ड अनुसार सोमबार बिहान पौने नौ बजे उपत्यकाको तापक्रम यो वर्षको सबैभन्दा कम ०.५ डिग्री सेल्सियस न्युनतम तापक्रम मापन गरिएको छ ।
‘जाडोको समयमा आकाश लामो समयसम्म खुल्ला रहँदा पनि तापक्रम घट्ने गर्दछ’ मौसमविद् वरुण पौडेलले भने ‘केही दिनदेखि आकाशमा बादल देखिएको छैन, दिउँसोको अधिकतम तापक्रम पनि अलि घटेको छ ।
यसले गर्दा जमिन तात्न पाएको छैन र न्यूनतम तापक्रम घटिरहेको छ ।’ मौसमविद् पौडेलका अनुसार अझै केही दिन मौसम शून्य आसपासमै रहनेछ ।
‘जाडो महिनामा न्यूनतम तापक्रम शून्य आसपासमा रहनु स्वभाविक नै हो । तर पनि उपत्यकाको तापक्रम अहिले घट्नुमाचाहिँ पश्चिमी उत्तरी हिमाली वायु पनि हो ।’
गएको वर्ष डिसेम्बर ३० मा काठमाडौंको न्युनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस रहेकोमा यसवर्ष ० डिग्री सेल्सियसमा झरेको छ । चिसो धेरै भए पनि यो वर्ष हिउँदे वर्षा कम भएको छ ।
प्रकाशित मिति : सोमबार, पुष १६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्