JanataToday.com

Advertisment

SKIP THIS

शेयर बजार पुनः ओरालो

शेयर बजार पुनः ओरालो

काठमाडौँ । शेयर बजार घट्नेक्रम आज पनि रोकिएन । लगातार बजार ओरालो लाग्दा एक हजार २०० माथि पुगेको नेप्से परिसूचक पुनः घटेर एक हजार १०० बिन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलव २६ विन्दुले ओरालो लागेर एक हजार १८७ दशमलव २८ विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ८४ विन्दुले घटेर २५२ दशमलव १७ विन्दुमा कायम भएको छ । आज कूल १६७ कम्पनीको ११ लाख ७९ हजार ४३ कित्ता शेयर रु ४० करोड तीन लाख १२ हजार ३८५ मूल्यमा खरीद बिक्री भए ।

कारोवार रकमसमेत आइतबारको तुलनामा कम हो । स्टकका अनुसार आज कारोवार भएका कूल दश उपसमूहमध्ये तीन उपसमूहको शेयर वृद्धि भएको छ । बढेको शेयर बजारमा जलविद्युत् ६ दशमलव ९५, वित्त एक दशमलव ३९ र उत्पादन सात दशमलव १३ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ १४ दशमलव ९४, होटल १९ दशमलव २७, विकास बैंक १३, निर्जीवन बीमा १६० दशमलव २३, अन्य १० दशमलव ४८, लघुवित्त २३ दशमलव ५८, जीवन बीमा १५३ विन्दुले घटेको छ ।

घटेको बजारमा जेबिल्स फाइनान्स कम्पनी, साङ्ग्रिला डेभलपमेन्ट बैंक, कालिका पावर कम्पनी, अरुण कावेली पावर कम्पनीका शेयरधनीले आज कमाएका छन् ।

यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, पूर्णिमा विकास बैंक, हिमालयन बैंक, जनता बैंक, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले बढी गुमाएका छन् । रासस

प्रकाशित मिति : सोमबार, पुष १६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij