काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा नेकपा क्रान्तिकारी माओवादी युवा संगठन, क्रान्तिकारी युवा लिगका कार्यकर्ताले कार्यकक्षमै गएर कालोमोसाे दलेका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगका कार्यकर्ताले कार्यकक्षमै पुगेर कंसकारलाई कालोमोसो दलेको हो ।
वाइडबडी खरिद प्रकरणको विषयलाई लिएर क्रान्तिकारी युवा लिगका युवाहरुले कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् ।
वाइडबडी खरिद प्रकरणमा महाप्रबन्धक कंसाकारसहित सातजनालाई कारबाही गर्न लेखा समितिले प्रतिवेदन नै निकालेको थियो ।
वाइडबडी विमान खरिदमा भएको भनिएको ४ अर्ब ३५ करोड रुपैयाँ भ्रष्टाचारमा कंसाकार मुख्य भूमिकामा रहेको भन्दै युवा लिगले कालोमोसो दलेको हो
प्रकाशित मिति : शुक्रबार, पुष २० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्