JanataToday.com

Advertisment

SKIP THIS

साताको शेयर बजार : रु एक अर्ब ६६ करोडको कारोवार

साताको शेयर बजार : रु एक अर्ब ६६ करोडको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ६१ करोड ७७ लाख तीन हजार ६६० मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ ।

गत साताको तुलनामा यस साता बजारमा कारोवार मापक नेप्से परिसूचक मात्रै घटेन, कारोवार रकममा समेत गिरावट आएको छ ।

साताको पहिलो दिन एक हजार २०४ दशमलव ५४ बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन अर्थात् यही पुस १९ गतेसम्म २६ बिन्दुले घटेर एक हजार १७८ दशमलव शून्य एक बिन्दुमा झरेको छ ।

यस साता कूल १६८ कम्पनीको ४६ लाख ५४ हजार १३० कित्ता शेयर खरीद बिक्री भएका छन् ।

आइतबार कूल १६८ कम्पनीका १२ लाख ३६ हजार ३४३ कित्ता शेयर रु ४५ करोड ४२ लाख ८४ हजार ३९३ मूल्यमा खरीद बिक्री भए ।

यस्तै सोमबार १६७ कम्पनीको ११ लाख ७९ हजार ४३ कित्ता शेयर रु ४० करोड तीन लाख १२ हजार ३८५ मूल्यमा खरीद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

ओरालो लागेको बजार मङ्गलबार पनि थामिएन । सो दिन १५६ कम्पनीको छ लाख ८९ हजार ७२० कित्ता शेयर रु २२ करोड ८५ लाख ४३ हजार ४१५ मूल्यमा खरीद बिक्री भएको् थियो । बुधबार पनि बजारको अवस्था उस्तै रह्यो ।

उक्त दिन पाँच दशमलव ४२ बिन्दुले घटेर बजार एक हजार १८० दशमलव ४३ बिन्दुमा झ¥यो ।

सो दिन १५४ कम्पनीको सात लाख ५१ हजार ४११ कित्ता शेयर रु २५ करोड ७६ लाख सात हजार १६६ मूल्यमा खरीद बिक्री भएको थियो । साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ५६ बिन्दुले घटेर एक हजार १७८ दशमलव ८७ बिन्दुमा झ¥यो ।

कूल १५८ कम्पनीको सात लाख ९७ हजार ६१३ कित्ता शेयर रु २७ करोड ६९ लाख ५६ लाख ३०१ मूल्यमा खरीद बिक्री भएको थियो । समग्रमा यस साता बजार ओरालो लाग्ने क्रममा नै रह्यो । रासस

प्रकाशित मिति : शनिबार, पुष २१ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij