स्वेता प्रेम सम्बन्धमा रहेको चर्चा, स्वेताले मुख खोलिन्

स्वेता प्रेम सम्बन्धमा रहेको चर्चा, स्वेताले मुख खोलिन्

नायिका स्वेता खड्का चलचित्र ‘कान्छी’मा काम गरेपछि अहिले सिन्धुपाल्चोकमा आफ्नो सपनाको बस्ती निर्माणमा व्यस्त छिन् । स्वेता खड्का चलचित्रमा काम गर्दा पनि वा नगर्दा पनि चर्चामा रहन्छिन् । चलचित्र बजारमा नायिका स्वेता खड्का प्रेममा रहेको चर्चा पनि चल्ने गरेको छ । हुनत, चलचित्र बजारमा यस्ता हल्ला चल्नु स्वभाविक नै हो ।

तर, स्वेता खड्का यो कुरा मान्न तयार छैनन् । उनी भन्छिन्–‘मलाई त प्रेम र विवाह फेक कमिटमेन्ट जस्तो लाग्छ । यसमा धेरै नबोलौ होला ।’ स्वेताले प्रेम र बिहेलाई झुटो आश्वासनको संज्ञा दिएकी छिन् । उनले, बिहेको बिषयमा पनि अहिलेसम्म केही पनि नसोचेको स्पष्ट पारेकी छिन् ।

स्वेताले भनेकी छिन्–‘म खुशी छु । आफ्नै किसिमले जीवन चलाइरहेको छु । विगतमा कसैसँग सहकार्य गर्ने संझौता त भएको थियो तर मैले एउटी श्रीमतीका रुपमा, बुहारीका रुपमा जीवनको अनुभव नै गर्न पाइनँ । म हिजो पनि सिंगल थिएँ, आज पनि सिंगल नै छु । कस्तो हुन्छ जोडीको जीवन, अनुभव गर्न पाएकी छैन । यो बिषयमा अहिलेसम्म सोचेकी छैन ।’

स्वेताले बिहेको बिषयमा आफूले नसोचेको र सिंगल जीवनमा नै खुशी रहेको स्पष्ट पारेकी छिन् । ‘साप्ताहिक’सँग कुरा गर्दै उनले प्रेम र बिहेको बारेमा धारणा राखेकी हुन् ।

प्रकाशित मिति : शनिबार, पुष २१ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij