चर्चामा सैफ अलीकी छोरी सारा, भन्छिन्–म सामान्य युवती नै हुँ

चर्चामा सैफ अलीकी छोरी सारा, भन्छिन्–म सामान्य युवती नै हुँ

लगातार दुई चलचित्र बक्स अफिसमा हिट तथा समीक्षकको नजरमा पनि राम्रो भएपछि सारा अली खानको बलिउड यात्रा सुरुमै चर्चाको शिखरमा छ ।

अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंहकी छोरी सारा अली खानका दुई चलचित्र केदारनाथ र सिम्बाले राम्रो प्रदर्शन गरेका छन् ।

केदारनाथमा साराले पहिलो चलचित्र भए पनि निकै राम्रो अभियन गरेको प्रशंसा भयो । यो चलचित्रले बक्स अफिसमा पनि राम्रो गरेको थियो । त्यसपछि प्रदर्शनमा आएको रनवीर सिंह, अजय देवगणसहितको अभियन रहेको रोहित शेट्टीको चलचित्र सिम्बामा साराको भूमिका तुलनात्मक रुपमा छोटो भए पनि उनको अभियन रुचाइएको छ ।

चलचित्रले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ र समीक्षकले पनि राम्रो प्रतिक्रिया दिएका छन् । सुरुका दुई चलचित्र नै बक्स अफिस र समीक्षकको नजरमा राम्रो भएपछि पनि आफू भने सामान्य युवती नै रहेको साराले बताउने गरेकी छन् ।

उनले चलचित्र प्रदर्शन आएपछि पाएको प्रशंसा र सबैको आकर्षणले आफूलाई कुनै असर नगर्ने बताउँदै आएकी छन् र उनले आफू पहिलेको जस्तै सामान्य युवाती रहेको बताएकी छन् ।

सारालाई चलचित्रमा जस्तै उनका हरेक अन्तर्वार्तामा रुचाइएको छ । उनको बौद्धिक क्षमता र स्पष्ट रुपमा बोल्ने बानीलाई अधिकांशले रुचाएका छन् । सारालाई धेरैले बलिउडको आउँदो सुपरस्टारका रुपमा लिएका छन् । केही समयअघि निदेर्शक रोहित शेट्टीले साराले करिना कपुरको ठाउँ लिन बताएका थिए ।

प्रकाशित मिति : शनिबार, पुष २१ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij