काठमाडौँ : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) सम्पन्न भएको छ ।
यही माघ २६ गतेदेखि फागुन ११ सम्म धनगढीमा आयोजना हुने प्रतियोगिताका लागि छवटा क्लबले अक्सनबाट ७२ खेलाडी र ट्यालेन्ट हन्टबाट छजना खेलाडी छनोट गरेका छन् ।
आज सम्पन्न अक्सनमा कुल १८६ जना खेलाडीहरु सहभागी थिए जसमध्ये प्रत्येक टोलीले ११ जना खेलाडीहरु टोलीमा लिएका छन् । खेलाडी खरिद गर्न टोलीहरुले अधिकतम रु १२ लाख खर्च गर्न पाउने नियम थियो । रु १२ लाख बढी रकम खर्चिए २५ प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था थियो ।
अक्सनमा सहभागी २०५ खेलाडीहरुमध्ये ७२ जना खेलाडीहरु बिक्री भए भने बाँकीलाई कसैले पनि किनेन । यस्तै ट्यालेन्ट हन्टबाट आएका १२ जना खेलाडीहरुमध्ये छ जनालाई छ वटा टोलीले एक÷एक खेलाडी लिएका छन् ।
अक्सनमा सहभागी छवटा टोलीमध्ये खेलाडी खरिदका लागि वसन्त रेग्मी रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेञ्जर्सले रु १४ लाख ४५ हजार खर्च ग¥यो । यस्तै सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढी स्टार्सले रु १२ लाख २० हजार, शरद भेषवाकर रणनीतिक खेलाडी रहेको महेन्द्रनगर युनाइटेडले रु ११ लाख ५० हजार, ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौँ गोल्डेन्सले रु १० लाख ९५ हजार, करन केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्सले रु नौ लाख ९० हजार तथा दिपेन्द्र ऐरी रणनीतिक खेलाडी रहेको सिवाइसी अत्तरियाले रु नौ लाख खर्च ग¥र्यो ।
अक्सनमा विनोद भण्डारी, ललित नारायण राजवंशी, ललित सिंह भण्डारी, भिम सार्की, पवन सर्राफ र आरिफ शेख अधिकतम मूल्य दुई लाख ५० हजार हजारमा बिक्री भएका छन् ।
यस्तै यस पटक प्रदिप ऐरी रुपन्देहीमा २ लाख ४० हजार, सन्दीप जोरालाई सीवाईसी अत्तरियामा २ लाख ३० हजार, रोहित पौडेल २ लाख ३० हजार र भुवन कार्की अत्तरियामा २ लाख १० हजारमा अनुबन्धित भएका छन् ।
कुन टिममा को–को (सूचीसहित)
बिराटनगर किंग्स
मार्की खेलाडी — करण केसी
कुशल भुर्तेल —१ लाख ६० हजार
अर्जुन अधिकारी —३० हजार
किशोर महतो — १ लाख
आसिफ शेख — १ लाख ८० हजार
राजेश पुलामी मगर —७५ हजार
महोमद संसद शेख — ७५ हजार
पृथु बास्कोटा — १ लाख २० हजार
हरी शंकर साह —९० हजार
सुशन भारी श्रेष्ठ —१ लाख
अमृत गुरुङ — ३० हजार
तृत राज दास – ३० हजार
सुवाश अयर – ३० हजार स्थानीय खेलाडी
सीवाईसी अत्तरीया
मार्की खेलाडी — दिपेन्द्र सिंह ऐरी
जितेन्द्र सिंह ठकुरी — ७५ हजार
दिपेन्द्र रावत — ३० हजार
भुवन कार्की—२ लाख १० हजार
प्रेम तामाङ —५९ हजार
अदिल अन्सारी —३० हजार
राम नरेश गिरी — ७५ हजार
कमल सिंह —९० हजार
सुनील धमला —१ लाख ८० हजार
खगेन्द्र जोशी —३० हजार
सुभेन्दु पाण्डे — ५० हजार
रित गौतम – ३० हजार
ज्ञानेन्द्र कुवर – ३० हजार (स्थानीय खेलाडी)
रुपन्देही च्यालेन्जर्स
मार्र्की खेलाडी — बसन्त रेग्मी
ललित भण्डारी —२ लाख ५० हजारमा
प्रदीप ऐरी — २ लाख ४० हजार
कृष्ण कार्की — १ लाख
विनोद भण्डारी — २ लाख ५० हजार
भिम सार्की — २ लाख ५० हजार
सुमित महर्जन —७५ हजार
अनील खरेल —३० हजार
सन्दीप सुनार — १ लाख १० हजार
पुरन बिके —५० हजार
बिक्रम शोब — ६० हजार
सुरज दराई—३० हजार
शेर मल्ल – ३० हजार स्थानीय खेलाडी
धनगढी स्टार्स
मार्की खेलाडी —सोमपाल कामी
सौरभ खनाल—१ लाख ६० हजार
अमित श्रेष्ठ —१ लाख ८० हजार
हरीबहादुर चौहान — ९५ हजार
विपिन खत्री —९५ हजार
दिपेश श्रेष्ठ —८० हजार
राजु रिजाल — ७५ हजार
रबिन क्षेत्री —३५ हजार
वन सर्राफ —२ लाख ५० हजार
सन्दीप रजाली —४० हजार
धिरज शाही – ३० हजार
कृष्ण अयर – ३० हजार (स्थानीय खेलाडी)
महेन्द्रनगर युनाइटेड
मार्की खेलाडी — शरद भेषावकर
अविनाश बोहोरा – १ लाख ७० हजार
सागर ढकाल — १ लाख
अमर सिंह रौटेला —१ लाख २० हजार
आरिफ शेख —२ लाख ५० हजार
दिलिप नाथ — ७५ हजार
रोहितकुमार पौडेल — २ लाख ३० हजार
सन्तोष भट्ट —३० हजार
शाहब आलम — ६० हजार
सिदान्त लोहली — ७० हजार
दिपेन्द्र चन्द — ३० हजार
कुशल मल्ल — ५० हजार
सुशील खड्का – ३० हजार (स्थानीय खेलाडी)
काठमाडौं गोल्डेन
मार्की खेलाडी —ज्ञानेन्द्र मल्ल
राशिद खान — १ लाख ७० हजार
अविनब यादब — ३० हजार
बिक्रम कुमार —१ लाख ६० हजार
ललित नारायण राजवंशी — २ लाख ५० हजार
नन्दन यादब —५० हजार
सोनु तामाङ — ६५ हजार
अनिल कुमार साह —१ लाख ७० हजार
सुर्य तामाङ — ५० हजार
योगेन्द्र सिंह कार्की — ७० हजार
महेबुब अलाम – ५० हजार
सुधिर चौधरी – ३० हजार
बिक्रम ठगुन्ना – ३० हजार (स्थानीय खेलाडी)
कुन क्लबले कुन खेलाडी किने
महेन्द्रनगर युनाइटेड (शरद भेषवाकर, मार्की प्लेयर) ले रोहित पौडेललाई रु दुई लाख ३० हजार, अविनाश बोहरालाई रु एक लाख ७० हजार, आरिफ शेख रु दुई लाख ५० हजार, अमर सिंह रौटेलालाई रु एक लाख २० हजार, सागर ढकाललाई रु एक लाख, सिद्धान्त लोहनीलाई रु ७० हजार, दिलिप नाथलाई रु ७५ हजार, शाहब आलमलाई रु ६० हजार, कुशल मल्ललाई रु ५० हजार, दिपेन्द्र चन्दलाई रु ३० हजार, सन्तोष भट्टलाई रु ३० हजार र सुशील खड्का रु ३० हजारमा खरिद गरेको छ ।
ज्ञानेन्द्र मल्ल मार्की प्लेयर रहेको काठमाडौँ गोल्डेन्सले अक्सनबाट ललित राजवंशीलाई रु दुई लाख ५० हजार, अनिल साहलाई रु एक लाख ७० हजार, विक्रम भुसाललाई रु एक लाख ६० हजार, अविनभ यादवलाई रु ३० हजार, राशिद खानलाई रु एक लाख ७० हजार, योगेन्द्र कार्कीलाई रु ७० हजार, नन्दन यादव–५० हजार, सोनु तामाङलाई रु ६५ हजार, सूर्य तामाङलाई रु ५० हजार, मेहबुब आलमलाई रु ५० हजार, सुधिर चौधरीलाई रु ३० हजार र विक्रम ठगुन्नालाई रु ३० हजारमा किनेको छ ।
त्यसैगरी सोमपाल कार्मी मार्की प्लेयर रहेको धनगढी स्टार्सले पवन सर्राफलाई रु दुई लाख ५० हजार, दिपेश श्रेष्ठ–८० हजार सौरभ खनाल रु एक लाख ६० हजार, विपिन खत्री रु ९५ हजार, हरिबहादुर चौहान रु ९५ हजार, अमित श्रेष्ठ रु एक लाख ८० हजार, राजु रिजाल रु ७५ हजार, रोविन क्षेत्री रु ३५ हजार, सुनील धमला रु एक लाख ८० हजार, सन्दिप रजाली रु ४० हजार, धिरज शाही रु ३० हजार र कृष्ण ऐरलाई रु ३० हजारमा किनेको छ ।
यसैगरी वसन्त रेग्मी मार्की प्यलेर रहेको रुपन्देही च्यालेञ्जर्सल भीम सार्की – रु दुई लाख ५० हजार, ललित भण्डार रु दुई लाख ५० हजार, प्रदिप ऐरीलाई रु दुई लाख ४० हजार, पुरन विक रु ५० हजार, सन्दिप सुनार रु एक एक लाख १० हजार, विक्रम सोब रु ६० हजार, कृष्ण कार्की रु एक लाख, सुमित महर्जन रु ७५ हजार, विनोद भण्डारी रु दुई लाख ५० हजार, सुरज दराई रु ३० हजार, अनिल खरेल रु ३० हजार र शेर मल्ललाई रु ३० हजारमा खरिद गरेको छ ।
त्यसैगरी दिपेन्द्र ऐरी मार्की प्लेयर रहेको अत्तरियाले सन्दिप जोरा २ लाख ३० हजार, जितेन्द्र सिंह ठकुरी ७५ हजार, भुवन कार्की – दुई लाख १० हजार दिपेन्द्र रावत – ३० हजार , प्रेम तामाङ – ५० हजार , आदील अन्सारी – ५० हजार , रामनरेश गिरि – ७५ हजार , कमल सिंह ऐरि – ९० हजार , शुबेन्दु पाण्डे – ५० हजार, खगेन्द्र जोशी – ३० हजार, रित गौतम – ३० हजार, ज्ञानेन्द्र कुँवर – ३० हजारमा खरिद गरेको छ ।
त्यसैगरी करन केसी मार्की प्लेयर रहेको विराटनगर किंग्सले कुशल भुर्तेल एक लाख ६० हजार, पृथु बास्कोटा – एक लाख २० हजार, अर्जुन अधिकारी – ३० हजार, किशोर महतो – १ लाख, संसाद शेख – ७५ हजार, राजेश पुलामी – ७५ हजार, आसिफ शेख – १ लाख ८० हजार, हरिशंकर शाह – ९० हजार, सुशन भारि – १ लाख, अमृत गुरुङ – ३० हजार , तृतराज दास – ३० हजार , सुबास ऐरलाई ३० हजारमा खरिद गरेको छ ।
टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ ।
प्लेअफमा पुगेको चार टोलीमध्ये अङ्क तालिकामा पहिलो र दोस्रो हुने टोलीको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीबीच हुने खेलको विजेता सिधै फाइनल प्रवेश गर्छ भने पराजित हुने टोलीले तेस्रो र चौथोबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा छ टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन् ।
रोउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै टोलीमा दुई/दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ ।
देशकै सर्वाधिक ठूलो धनराशि पुरस्कारको क्रिकेट प्रतियोगिताको रुपमा २०७३ र २०७४ सालमा डिपिएलको पहिलो र दोस्रो संस्करण भएको थियो । दुवै संस्करणको उपाधि टोली चौराह धनगढीले जितेको थियो । रासस
प्रकाशित मिति : शनिबार, पुष २१ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्