JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा बैंकिङ एक्स्पो हुंदै

बुटवलमा बैंकिङ एक्स्पो हुंदै

बुटवल । वित्तीय जागरणमार्फत उद्यमशीलतको विकास गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक बैंकिङ एक्स्पो आयोजना गरिएको छ ।

मिडिया इन्टरनेसनल काठमाडौंको आयोजना, नेपाल राष्ट्र बैंकको प्रवद्र्धन तथा वीमा समिति र धितो बोर्डको सहयोगमा माघ ११ र १२ गते बैंकिङ एक्स्पो हुन लागेको हो ।

कालिकानगरस्थित कालिका मानव ज्ञान माविको प्रांगणमा हुने एक्स्पोमा विभिन्न वाणिज्य बैंक,विकास बैंक,लघु वित्त वित्तीय संस्था, फाइनान्स कम्पनी, वीमा कम्पनी र शेयर कारोबार गर्ने संस्थाहरुका ५० बढी स्टलहरु रहने आयोजक संस्थाका अध्यक्ष माधव निर्दोषले जानकारी गराए ।

एक्स्पोमा बैंकहरुले आफ्ना प्रोडक्ट, ब्याज दर, सेवा लगायतका विषयमा अवलोकनकर्ताहरुलाई प्रत्यक्ष जानकारी गराउने छन् ।

मेला अवधिमै बैंकिङ,पूंजी बजार र वीमा सम्बन्धी विज्ञहरुको सहभागितामा अन्तरक्रिया समेत सञ्चालन गरिने र कर्जा लिएर सफल उद्यमी बनेका व्यक्तिहरुका विषयमा तयार पारिएका डकुमेन्ट्री र नाटकहरु प्रदर्शन गरिने अध्यक्ष निर्दोषले जानकारी दिए ।

एक्स्पोबारे जानकारी दिन आयोजित अन्तरक्रियामा बोल्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक अशोक कुमार पौडेलले अझै पनि कूल जनसंख्याको आधा भन्दा बढी जनता बैंकिङ पहुंचबाहिर रहेकाले वित्तीय साक्षरता बढाउन आवश्यक रहेको बताए ।

माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसनका केन्द्रीय सदस्य पार्वत कार्कीले एक्स्पोमा ग्रामीण क्षेत्रका किसानहरुलाई सहभागी गराउन सुझाए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसी,व्यवसायी जगतबहादुर पोखरेललगायतले सुझाव दिएका थिए ।

प्रकाशित मिति : सोमबार, पुष २३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij