समर लभमा अभिनेत्री रेवतीको ‘न्युड सिन’ (भिडियोसहित)

समर लभमा अभिनेत्री रेवतीको ‘न्युड सिन’ (भिडियोसहित)

काठमाडौं। सुविन भट्टराईको उपन्यास ‘समर लभ’लाई २५ माघबाट फिल्मी पर्दामा हेर्न पाइने भएको छ । उपन्यासकी मुख्य पात्र सायाको भूमिका भारतीय मोडल एवं अभिनेत्री रेवती क्षत्रीले निर्वाह गरेकी छन् ।

उपन्यासको एउटा दृश्यमा साया निर्वस्त्र भएको उल्लेख छ । त्यो दृश्यलाई अभिनेत्री रेवतीले सहजै रूपमा फिल्ममा निर्वाह गरेकी छन् । फिल्म समर लभको गीत हालै रिलिज गरिएको थियो । सो गीतको एउटा दृश्यमा रेवतीलाई सायाका रूपमा निर्वस्त्र देखाइएको छ । केही समययता यस दृश्यले निकै चर्चा पाएको छ ।

भारतको सिलगुढीमा बस्दै आएकी नेपाली भाषी रेवती क्षत्री सोमबार काठमाडौंमा आयोजित समर लभको ट्रेलर रिलिज समारोहमा प्रस्तुत भइन् । उनी यो फिल्मको स्वरांकनलगायतको काम सम्पन्न गर्न नेपाल आएकी हुन् ।

फिल्ममा यसरी पूर्ण नग्न दृश्य दिनुको कारणबारे सञ्चारकर्मीसँगको जिज्ञासामा सोमबार ट्रेलर रिलिज समारोहमा भनिन्, ‘बाथरुममा नुहाउँदा मानिसहरू कपडा लगाएर नुहाउँदैनन् । त्यो पनि मैले नुहाएको दृश्य भएकाले यहाँहरूले कपडा नलगाएको देख्नु स्वाभाविकै हो ।’

महिलाहरूले यस्तो दृश्य दिँदा टीकाटिप्पणी गर्ने तर समाजले पुरुषले छाती खोलेर हिँड्दा कुनै टिप्पणी नगर्ने बताइन् । ‘पुरुषहरू नाङ्गिँदा केही नभन्ने तर महिलाले फिल्मको कथाअनुसार यस्तो दृश्य दिँदा किन आपत्ति जनाउनुप¥यो,’ उनले् भनिन् ।

फिल्ममा प्रस्ताव आएपछि समर लभलाई युट्युबमा सुनेको र त्यो सुन्ने क्रममा नै कथामा भएको यस्तो दृश्य आफूले दिन सक्छु भनेर तयारी गरेको पनि उनले बताइन् ।

प्रकाशित मिति : मंगलबार, पुष २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij