JanataToday.com

Advertisment

SKIP THIS

सेनाद्वारा सडक स्तरोन्नतिको काम शुरु

सेनाद्वारा सडक स्तरोन्नतिको काम शुरु

जाजरकोट । जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत सुंपानीदेखि सदरमुकाम दुनैसम्म सडकको स्तरोन्नति काम शुरु भएको छ ।

नेपाली सेनाको निर्माण कार्यदलले सोमबारबाट काम शुरु गरेको नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए ।

डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि छिन्चु–जाजरकोट हुँदै डोल्पाको दुनैसम्म सडकको ट्र्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खण्ड–खण्ड गर्दै छलगाडसम्म ट्र्याक खोलिसकेको छ ।

छलगाडसम्म ट्र्याक खुलेपछि खण्ड–खण्ड गरेर स्थानीय जीप सञ्चालनमा आएका छन् ।

यसैगरी सुंपानी–दुनै खण्डको सडकलाई पनि सडक विभागको गुणस्तरमा निर्माण गर्नका लागि सोमबारबाट नेपाली सेनाले दुई डोजर प्रयोग गरेर सुंपानीबाट निर्माण कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिए ।

सुंपानीदेखि दुनैसम्म १४ किलोमिटर मोटरबाटोलाई थप तीन मिटर चौडा गरेर सडक विभागको ग्रिडबमोजिमको सडक बनाउने कामलाई सोमबारबाट शुरुआत गरेर १०० मिटर जति आजै बनाइसकेको नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए ।

सुंपानीदेखि दुनैसम्मको सडकखण्डको ट्र्याक खुलेर जीप निर्वाधरुपमा सञ्चालन भएपनि १४ विभिन्न नदी तथा खोलामा मोटर सञ्चालन हुने पुल निर्माण नभएसम्म डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सञ्जालले छोएपनि यात्रुले सास्ती भोगिरहने छन् ।

यो बाटो विगत १० वर्ष अगाडिदेखि निर्माण शुरु भई ट्र्याक खुलेसँगै खण्ड–खण्ड गरी जिप सेवा सञ्चालन हुँदै आएको छ ।

महँगो भाडा तिरेर र ठाउँ–ठाउँमा पुल नहुँदा विभिन्न ठाउँमा वारिपारि पैदल हिँडेर भए पनि स्थानीयवासीले यात्रा गर्दै आइरहेका छन् ।

मोटरबाटो निर्माण शुरु भएपछि सुंपानीदेखि दुनैसम्मको बाटोमा पनि ढुक्कसँग यात्रा गर्न पाइने आशा स्थानीयवासीको छ ।

प्रकाशित मिति : मंगलबार, पुष २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij