काठमाडौँ । सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान करीब दुई घण्टा प्रभावित भएको छ ।
विमानस्थलको सञ्चार प्रणाली भिडियो हाई फ्रिक्वेन्सी (भिएचएफ) मा समस्या आएपछि उडानमा समस्या अएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।
उनका अनुसार बिहान करीब ९ बजे विमानस्थलको सञ्चार उपकरणमा लाइन सर्ट भएपछि भिएचएफमा समस्या आएको थियो । लगत्तै विमानस्थलका प्राविधिकले मर्मत गरेका थिए । प्राविधिक मर्मतपछि बिहान ११ बजेदेखि नियमित उडान भइरहेको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।
“सञ्चार प्रणालीमा लाइन सर्ट भएपछि समस्या आएको हो । टावर ठीकै थियो । हाम्रा इञ्जिनीयरले मर्मत गरेपछि सेवा सञ्चालन भएको छ । एक घण्टा ४० मिनेट जति मात्र उडान रोकियो । अवतरणमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा समस्या थिएन”, उनले भने । रासस
प्रकाशित मिति : मंगलबार, पुष २४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्