बुटवल । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को विशेष सहयोग तथा अखिल नेपाल फुटबल संघ (एन्फा) र जिल्ला फुटबल संघ रुपन्देहीको पहलमा रुपन्देहीमा फुटबलको गोलकिपिङ कोर्ष आयोजना हुने भएको छ ।
सोमबार एक कार्यक्रमका बीच जाइकाका प्रतिनिधिहरुले बुटवल देवीनगर स्थित एन्फा टेक्निकल सेन्टरको अवलोकन गरेका थिए । सोही अवसरमा जाइकाले रुपन्देहीमा उक्त कोर्ष सञ्चालन गर्ने बताएको हो ।
कार्यक्रममा उपस्थित एन्फाका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार)ले यस किसिमको कोर्षले जिल्लामा स्थानीयस्तरबाटै फुटबलको विकासमा थप टेवा पुग्ने बताए । साथै अध्यक्ष केसीले त्यसका लागि जाइका नेपाललाई विशेष धन्यवाद समेत दिए ।
उता जाइका नेपालका वरिष्ठ कार्यक्रम अधिकृत रागब कायस्थले आगामी दिनहरुमा केन्द्रिय एन्फासँग समन्वय गरेर विभिन्न जिल्लाहरुमा थप फुटबल सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने बताए ।
सो अवसरमा जाइकाका प्रतिनिधिहरुले एन्फा टेक्निकल सेन्टर बुटवलको कार्यालय, मैदान, चमेना गृह, आवास गृह लगायतको स्थलगत अवलोकन र निरीक्षण गरेका थिए ।
कार्यक्रममा जिल्ला फुटबल संघ रुपन्देहीका उपाध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री (हरि), महासचिव लोक पुन, सचिव शंकर मल्लाह, कोषाध्यक्ष गोपीराम पुन, एन्फा टेक्निकल सेन्टर बुटवलका निर्देशक बुद्धि गुरुङ, प्रशिक्षक, सदस्य लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : मंगलबार, पुष २४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्