एक वर्षमा १५ लाख पर्यटकले घुमे बुद्ध जन्मस्थल लुम्बिनी, १५ हजार भीआइपीमात्रै

एक वर्षमा १५ लाख पर्यटकले घुमे बुद्ध जन्मस्थल लुम्बिनी, १५ हजार भीआइपीमात्रै

भैरहवा-आन्तरिक र विदेशी गरी कुल १५ लाख ३२ हजार १ सय ३४ पर्यटकले सन् २०१८ मा बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् ।

अघिल्लो वर्ष २०१७ मा १५ लाख ५२ हजार ६ सय ४ जना पर्यटक लुम्बिनी पुगेका थिए ।

वर्ष २०१८ मा लुम्बिनी भ्रमण गर्ने पर्यटकमा तेस्रो मुलुक र भारतीय पर्यटकहरुको संख्यामा वृद्धि भए पनि नेपाली पर्यटकहरु भने घटेका छन् ।

सन् २०१८ मा १ लाख ६९ हजार १ सय ८० विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । सोही वर्ष १ लाख ९२ हजार ४ सय १० भारतीय पर्यटकहरु लुम्बिनी पुगेका थिए ।

तर सो वर्ष लुम्बिनी भ्रमणमा आउने नेपाली पर्यटकहरुको संख्या ११ लाख ५५ हजार ५ सय ४४ मात्र पुग्यो । अघिल्लो वर्ष सन् २०१७ मा १२ लाख ५१ हजार ३ सय ४६ नेपाली पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।

लुम्बिनी भ्रमण गर्ने तेस्रो मुलुक र भारतीय पर्यटकहरुमा क्रमशः १५ र २३ प्रतिशतले वृद्धि हँुदा आन्तरिक पर्यटक भने ८ प्रतिशतले घटेका छन् ।

लुम्बिनी पुग्ने तेस्रो मुलुकका पर्यटकमध्ये सबैभन्दा बढी स्थलमार्गको बेलहिया नाका हुँदै आउने गरेका छन् भने बाँकी पर्यटकहरु काठमाडौं त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने गरेका छन् ।

वर्ष २०१८ मा लुम्बिनी भ्रमणमा आउनेमा सबैभन्दा बढी पर्यटकमा श्रीलंकाका पर्यटकहरु छन् । २०१८ मा ५९ हजार ९ सय ५९ श्रीलंकनले लुम्बिनी भ्रमण गरेका थिए । श्रीलंकन पर्यटक हाल सम्मकै सबैभन्दा बढी हुन् ।

त्यसै गरी २६ हजार ६ सय ७७ थाई पर्यटक, २५ हजार ३ सय ३३ बर्माका, १८ हजार ४ सय ६० चिनियाँ, भियतनामका ७ हजार ९ सय १३, दक्षिण कोरियाका ६ हजार ४ सय ९३, जर्मनका २२ सय ७०, कम्बोडियाका २०७२, मलेसियाका १८ सय ७८, अमेरिकाका १६ सय २६, जापानका १४ सय ७४ लगायत बिभिन्न १ सय ८ देशका पर्यटक रहेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए ।

नेपाली पर्यटक घटे पनि विदेशी र भारतीय पर्यटक बढेका छन् । यसलाई सकारात्मक रूपमा लिनुपर्ने लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिब सरोजकुमार भट्टराईले बताए ।

विकास कोषले लुम्बिनीस्थित मायादेवी मन्दिर अवलोकनका लागि भदौ १ गतेबाट प्रवेश शुल्कको व्यवस्था गरेको थियो । नेपाली पर्यटकहरुका लागि (रुपन्देही, नवलपरासी र कपिलवस्तु बाहेक) जम्मा २० रुपैयाँ र विद्यार्थीका लागि १० रुपैयाँ तोकिएको छ ।

भीआईपी मात्रै १५ हजार बढी
लुम्बिनी भ्रमणमा आउने अति विशिष्ट र विशिष्ट अतिथिहरुको संख्या १५ हजार बढी रहेको कोषले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

कार्यक्रमले बढायो पर्यटक
लुम्बिनीमा विभिन्न किसिमका कार्यक्रमहरु हुन थालेपछि पर्यटक आगमनको संख्या बढ्न थालेको हो ।

लुम्बिनीस्थित बिभिन्न विदेशी बिहार तथा अन्य बौद्ध संघ–संस्थाहरुले आध्यात्मिक गतिविधिमूलक कार्यक्रम गर्न थालेपछि विदेशी पर्यटकहरु बढी आउन थालेका हुन् ।

वर्ष २०१८ मा इन्टरनेसनल च्यान्टिङ, मिनी मोल्हाम पूजा, प्रत्येक महिना फुल मुन डे प्रेयर, कठिन दान, वर्षा बास जस्ता आध्यात्मिक कार्यक्रम साथै लुम्बिनी पिस प्याराथन, चरा महोत्सव, लगायतका गतिविधिले पनि पर्यटक बढेको हो ।

कारोबार दैनिकबाट

प्रकाशित मिति : मंगलबार, पुष २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij