JanataToday.com

Advertisment

SKIP THIS

मेल्भिन दिवसमा मखमलीको कार्यक्रम

मेल्भिन दिवसमा मखमलीको कार्यक्रम

बुटवल । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्सका जन्मदाता मेल्भिन जोनको १ सय ४० औ स्थापना दिवसलाई लायन्स क्लब अफ बुटवल मखमलीले सप्ताहब्यापी कार्यक्रमहरु गरि मनाएको छ ।

बुधबार बुटवलमा क्लबले मधुमेह सम्बन्धि सचेतना जगाउने उद्येश्यका साथ फ्रि डायबेटिज क्याम्प संचालन गरेको थियो ।

मंगलम पोली क्लिनिक र पशुपति टोल विकास संस्थाको सहयोगमा संचालन भएको क्याम्पमा ५५ जनाको निशुल्क जाच (फाष्टिक) गरिएको कार्यक्रमको डाईबिटिज ब्यवस्थापन डिष्टिक चिफ प्रतिभा श्रेष्ठले बताईन ।

समयमा उपचार पाए मधुमेह रोकथाम हुने भएकाले पनि यसबारेमा सचेतना जगाउन जरुरी रहेको उनले बताईन । कार्यक्रममा एरिया चिफ कोअर्डिनेटर पुरुषोत्तम भक्त प्रधानाङ्ग, कमला जिसी, कमला खत्रीले सामाजिक सेवामा क्लबबाट धेरै राम्रा कामहरु भएको बताए ।

महिलाहरु आवद्ध रहेको क्लबले वर्षभरि नै लायन्स क्लबको उद्येश्य सफल बनाउने गरि कार्यक्रमहरु गर्दै आएको क्लबका अध्यक्ष प्रिया गुरुङ्गले बताईन ।

यसअघि दिवसको अवसरमा हन्गर प्रोगाम अन्तरगत मिलनचोकस्थित मानव सेवा आश्रममा आश्रितहरुलाई निशुल्क खाना खुवाउने तथा देविनगरस्थित नेपाल अपाङ्ग आश्रमलाई अक्षयकोष स्थापना गर्न रु १० हजारका साथै फलफुल र खाना खुवाउने कार्यक्रम समेत गरिएको उनले बताईन ।

प्रकाशित मिति : बिहिबार, पुष २६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij