गौशाला । महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरा बिसनपुरका ८४ परिवार मुसहरलाई नेपाल रेडक्रस महोत्तरी शाखाले कम्बल वितरण गरेको छ ।
गरीबी र विपन्नताबीच वर्षेनी जाडोमा समस्यामा पर्ने त्यस गाउँका मुसहर परिवारलाई जाडोबाट बच्न कम्बल प्रदान गरिएको रेडक्रस महोत्तरी शाखाका सभापति दीपक मिश्रले बताए ।
उहाँले त्यहाँका मुसहर परिवार जाडोको बेला ओढ्ने ओछ्याउने न्यानो लुगाको अभावमा निकै समस्यामा रहेको स्थानीय तहबाट जानकारी आएपछि रेडक्रस टोलीले त्यस ठाउँका ८४ परिवारलाई न्यानोस्वरुप कम्बल बाँडेको बताए ।
प्रकाशित मिति : बिहिबार, पुष २६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्