काठमाडौं : करिब डेढ वर्षदेखि रोकिएको जग्गा खण्डिकरण गर्न पाउने गरी फेरी फुकुवा भएको छ।
१७ महिनाअघि तत्कालीन भूमिसुधार मन्त्री गोपाल दहितले कृषि योग्य जग्गाको खण्डिकरणमा रोक लगाउने निर्णय गरेकोमा बिहीबार भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले फूकुवा गर्ने निर्णय लिएको बताएकी हुन्।
तत्कालीन मन्त्रीले गरेको निर्णयविरुद्ध अदालतमा मुद्दा समेत परेको थियो। तर अदालतले ६ महिनाको अवधिमा नै कित्ताकाट गर्ने बाटो खोलिदिएको अवस्थामा ११ महिनापछि कित्ताकाट फुकुवा गरिएको हो।
एकातर्फ बिचौलिया मार्फत कित्तकाट भइरहेने अर्को तर्फ सर्वसाधरणले सोझै जग्गा बेच्न नपाएको अवस्थामा यस्तो निर्णय लिइएको मन्त्री अर्यालले बताइन्।
जग्गाको खण्डिरण रोक्ने निर्णयले हाउजिङ र अपार्टमेन्ट क्षेत्रमा ठूलो समस्या परेको थियो। अब भने कित्ताकाट गर्नको लागि सम्वन्धित स्थानीय तहले सिफारिस गर्नु पर्नेछ।
स्थानीय तहले खेतियोग्य जग्गा नभएको पत्र दिएपछि सहजै कित्ताकाट गर्न पाइने छ।
प्रकाशित मिति : शुक्रबार, पुष २७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्