अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको अफेयर चलेको लामो समय भइसकेको छ । लामो समयदेखि प्रेममा रहेको यो जोडीको विवाह कहिले ? भन्ने प्रश्न पनि बेला–बेलामा चर्चामा आउने विषय हो ।
यो जोडीले यस प्रश्नको जवाफमा लगन जुरेको खण्डमा विवाह जहिले पनि हुन सक्ने बताउँदै आएको थिए ।
हुन पनि यो जोडीले अचानक विवाह गर्ने निधो गरेको कुरा सार्वजनिक गरेको छ । सोमबार बिहानै अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई सरप्राइज दिँदै आफूहरुको विवाह पक्का भएको भन्दै निमन्त्रणा कार्ड पोस्ट गरेकी छन् ।
वर्षाले निमन्त्रण कार्ड सार्वजनिक गर्दै सबैलाई आर्शीवाद दिन आग्रह गरेकी छिन् । उक्त कार्डमा प्रेम सेलिब्रेट गर्ने दिनमा नै उनीहरुले विवाह गर्न लागेको उल्लेख गरिएको छ ।
वर्षाले सार्वजनिक गरेको कार्डमा आफूहरुप्रति माया र आर्शीवाद दिने सबैलाई धन्यवाद समेत भनिएको छ ।
विवाहको एक महिनाअघि विवाह मिति सार्वजनिक गरिएको भए पनि केही समय अगाडिदेखि नै उनीहरु विवाहको तयारीमा जुटेको विशेष स्रोतले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, पुष ३० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्