मुम्बई । बलिउड अभिनेता शाहरुख खान छिट्टै नै अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिक ‘सारे जहाँ से अच्छा’ मा देखिने खबर सार्वजनिक भएका थिए ।
फिल्म ‘सारे जहाँ से अच्छा’ को नाम यसअघि ‘सेल्यूट’ राखिएको थियो । तर अहिले शाहरुख खान यस फिल्मबाट बाहिरिएको खबर सार्वजनिक भएको छ ।
शाहरुख खान छिट्टै नै निर्देशक फरहान अख्तरका साथ फिल्म ‘डन ३’ को तयारीमा लागेका छन । तसर्थ शाहरुखले फिल्म ‘डन ३’ का लागि ‘सारे जहाँ से अच्छा’ बाट हात झिकेका हुन् ।
शाहरुखले एकाएक यसरी फिल्मलाई अन्तिम अवस्थामा आएर छोड्नुको कारण उनको केही समयअघि रिलिज भएको फिल्म ‘जीरो’ को असफल व्यापारलाई बताइएको छ ।
२०० करोडको लगानीमा बनेको फिल्म ‘जीरो’ ले जम्मा ८९.२५ करोड मात्रै कमाएको थियो । साथै फिल्म समीक्षकको तर्फबाट पनि खासै राम्रो प्रतिक्रिया पाएको थिएन ।
यसै कारण सुपरहिट फिल्मको खोजीमा रहेका शाहरुख खान यसअघि नै दर्शकको मन जितिसकेको फिल्म ‘डन’ को तेस्रो भाग लिएर आउने तयारीमा लागेका हुन् ।
यसअघि फिल्म फिल्म निर्माताहरुले ‘सारे जहाँ से अच्छा’ को लागि अभिनेता आमिर खानलाई चुनेका थिए ।
तर आमिरले आफ्नो व्यस्तताका कारण समय दिन नसक्ने भन्दै शाहरुखलाई यो फिल्म गर्न भनेका थिए । शाहरुखले पनि आमिरको प्रस्ताव स्वीकार गर्दै फिल्ममा काम गर्न राजी भएका थिए ।
केही दिनअघि मात्रै शाहरुख खानले साथी आमिरले आफूलाई यस फिल्ममा काम गर्ने अवसर दिएकोमा आफू कृतज्ञ भएको भन्दै आमिरलाई धन्यवादसमेत दिएका थिए ।
तर अहिले आएर शाहरुख खानले पनि यो फिल्म नगर्ने घोषणा गरेका छन् ।
शाहरुख खानले यो फिल्म छोडेपछि अहिले फिल्म निर्माताहरु अरु नै अभिनेताको खोजीमा लागेका छन् ।
पछिल्लो समयमा एकपछि अर्को गदै बक्स अफिसमा राम्रो फिल्म दिन नसकेका शाहरुख खानले फिल्म ‘डन ३’ बाट भने दर्शकको साथ पाउने आशा गरिरहेका छन् ।
उनको यो अपेक्षा पूरा हुन्छ वा हुदैन त्यो त फिल्म रिलिजपछि मात्रै थाहा हुनेछ ।
प्रकाशित मिति : सोमबार, पुष ३० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्