काठमाडौं । थाइल्याण्डमा जारी वुमन टि–२० स्म्याश क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले जितको ह्याट्रिक लगाएको छ ।
समूह ए मा रहेको नेपालले आफ्नो तेस्रो खेलमा सोमबार युएईलाई ६ विकेटले हरायो ।
यसअघि आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले आइतबार मात्र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
टस जित्दै पहिले ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०५ रनको योगफल तयार पारेको थियो ।
युएईका लागि ओपनरद्वय छाया मुगल र इशा ओजाले क्रमश ३१ र २८ रनको योगदान दिए ।
त्यस्तै चमनी सेनेभिरत्नेले नटआउट २३ रन बनाईन् ।
उता जवाफी लक्ष्य पछ्याएको नेपालले १९ ओभर खेल्दै ४ विकेटको क्षतिमा १०६ रन बनाएर जित हात पार्यो ।
नेपालका लागि ओपनर सीता राना मगरले सर्वाधिक ३७ रन बनाईन् भने अर्की ओपनर काजल श्रेष्ठले २५ रनको योगदान दिईन् ।
लगातार तेस्रो जित हात पारेको नेपाल सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।
समूह ए तर्फ नेपालले आफ्नो अन्तिम खेल आयोजक थाइल्याण्ड ए सँग बुधबार खेल्नेछ ।
प्रकाशित मिति : सोमबार, पुष ३० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्