JanataToday.com

Advertisment

SKIP THIS

जनप्रतिनिधिले किन कुट्छन् कर्मचारी ?

जनप्रतिनिधिले किन कुट्छन् कर्मचारी ?

काठमाडौँ, १ माघ । जनप्रतिनिधिले नै कानुन हातमा लिएपछि त्यसको कार्यान्वयन कसले गर्ला ? प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव कानुन कार्यान्वयन होइन, कानुन हातमा लिएर जनप्रतिनिधिको दायित्वबाटै विमुख भएका छन् ।

मन्त्री यादवले आइतबार उद्योग, वन, पर्यटन तथा वातावरण सचिव विद्यानाथ झालाई हातपात गरे ।

यसरी कानुन हातमा लिएर कर्मचारीमाथि आक्रमण गर्ने विजय पहिलो व्यक्ति भने होइनन् । यसअघि पनि दुई मन्त्रीले यसै गरी कर्मचारीमाथि कुटपिट गरेका थिए ।

२०६६ कात्तिक २४ मा तत्कालीन कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले आफूलाई सिमरा विमानस्थलमा पुरानो गाडी पठाएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीमाथि हातपात गरेकी थिइन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

केन्द्र र प्रदेशमा मात्र होइन, यस्ता घटनामा स्थानीय तहमा पनि भएका छन् । नगरपालिका र गाँउपालिकाका प्रमुख–उपप्रमुखले प्रमुख प्रशासकीय अधिकृत तथा लेखापालमाथि हातपात गरेका घटना पनि सार्वजनिक हुने गरेका छन् ।

प्रतिकृया दिनुहोस

प्रकाशित मिति : मंगलबार, माघ १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij