काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भारतको बेश्यालयहरुमा लगेर नेपाली किशोरी बिक्री गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको धरान–१७ का ३१ वर्षीय छोङहाङ राई भनिने सन्तोष राई छन् ।
ब्यूरोका एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार उनलाई धरान–१७, धनकुटे रोडबाट पक्राउ गरिएको हो ।
राईले नेपाली बालिका तथा किशोरीलाई रोजगारी लगाइदिने प्रलोभनमा पारेर नयाँ दिल्लीस्थित जीबी रोडको बेश्यालयमा बिक्री गर्ने गरेको खुलेको उनले बताए ।
चतुर्वेदीका अनुसार उनले बोर्डर पास गराएर ६ लाख रुपैयाँमा नेपाली किशोरीलाई बिक्री गर्ने गरेको खुलेको छ ।
पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय, धरानले मुद्दा चलाउने छ । घटनाबारे थप अनुसन्धान जारी छ ।
प्रकाशित मिति : मंगलबार, माघ १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्