काठमाडौं : नेपाली क्रिकेट खेलाडी रोहित पौडेल एक दिवसीय अन्तर्राष्ट्रियमा सबभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन्।
युएईसँग जारी एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालका खेलाडी रोहितले अर्धशतक बनाएका हुन्। उनले ५८ बलमा ५५ रन बनाएर ७ चौका प्रहार गर्न सफल भए।
सन् १९९६ मा चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले श्रीलंकाविरूद्ध एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै शतक बनाएका थिए। त्यसबेला शाहिद १६ वर्ष २१७ दिनका थिए। यसैगरी, रोहित पौडेल भने आज १६ वर्ष १४६ दिनका भएका छन्।
प्रकाशित मिति : शनिबार, माघ १२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्