चलचित्र ‘सिम्बा’को सफलता उत्सव मनाइरहेकी बलिउड अभिनेत्री सारा अली खान नयाँ प्रोजेक्टको छनोटमा व्यस्त छिन् । तर सुशांत सिंह राजपूतसँगको उनको अफेयर को चर्चा कम भएको छैन ।
साराले हालै एक अन्तर्वार्ताका क्रममा आफू एक पटक प्रेम सम्बन्धमा रहिसकेको खुलासा गरेकी छन् । उनका प्रेमीको नाम वीर पहारिया हो । अन्तर्वार्ताका क्रममा साराले वीरसँगको सम्बन्ध राम्रो बन्न नसकेका कारण अगाडि बढ्न नसकेको बताएकी छन् ।
वीर पहारिया मन्त्री सुशील कुमार शिन्देका नाति हुन् । वीरका भाइसँग जाह्नवी कपूरको रिलेशनको खबर पनि चर्चामा थियो ।
प्रकाशित मिति : मंगलबार, माघ १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्