बुटवल – बुटवल-११, देवीनगरमा अवस्थीत तिनाउ ई.वो. स्कुलमा सरस्वती पूजा पुरस्कार वितरण कार्यक्रम एंव विविध सास्कृतिक कार्यक्रमहरू समपन्न भएका छन। विद्यालयकी प्राचार्य सीता पाण्डे को अध्यक्षता, विद्यालयका सस्थापक अध्यक्ष यज्ञमूर्ती पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सुपरिवेक्षक इश्वरी प्रसाद पाण्डेले गरेका थिए ।
झण्डै १२०० भन्दा बढी, अभिभावक तथा विद्यार्थीहरूको सहभागीता रहेको उक्त कार्यक्रमको बिच बिचमा विभिन्न किसिमका ७० भन्दा बढी सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा शिक्षक, कर्मचारी सम्मान,२०७४ सालमा कक्षागत तथा तहगत रुपमा प्रथम, द्धितीय, तृतीय हुन सफल विद्यार्थीहरू पुरस्कृत, अंग्रजी स्पीकर्स, उत्कृष्ट स्वंम सेवक सम्मान गरिएको थियो ।
यस्तै अनुशासीत छात्र छात्रा सम्मान, निटनेश तथा सत प्रतिसत उपस्थिति रहेका छात्र छात्रा सम्मान, त्यसैगरी विद्यालयले आयोजना गरेको विज्ञान तथा चित्रकला प्रतियोगिताहरुमा प्रथम, द्धितीय, तृतिय र सान्तवना स्थानमा पर्न सफल छात्र छात्राहरूलाई पुरस्कृत गरीएको थियो त्यसैक्रममा उत्कृष्ट राष्ट्रिय खेल प्रशिक्षक राजकुमार पाण्डेलाई दोसल्ला ओढाएर मायाको चिंनो सहित सम्मान गरिएको थियो।
उक्त कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक अध्यक्ष यज्ञमूर्ती पाण्डेले थुप्रै अभिभावकहरूको अनुरोधलाई स्वीकार गर्दै यस वर्ष देखी विभिन्न किसिमका भौतिक सुबिधाहरूले सम्पन्न ए.सी जडीत कक्षाहरू, स्वथकर खानपिन तथा उचित रेखदेख, अनुभवी शिक्षिकाहरू द्वारा बालमैत्री शिक्षणमा आधारीत रहि मन्टेश्वरी कक्षाहरू संचालन गर्ने हेतुले “तिनाउ मन्टेश्वरीको” स्थापना गरिएको जानकारी दिए ।
यसै गरी कार्यक्रमको समापन गर्दै विद्यालयकी प्राचार्य सीता पाण्डेले विद्यालयले २०७४ सालको SEE परिक्षामा उत्कृष्ट GPA ४ ल्याई नेपाल प्रथम हुन सफल भएको र आगामी दिनहरुमा उक्त किसिमको सफलता हाशिल गर्नको लागी मन्टेश्वरी कक्षा देखीनै आफूहरू लागी पर्ने प्रतिबद्वता समेत व्यक्त गरिन् ।
प्रकाशित मिति : आइतबार, माघ २७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्