प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि प्रदेश ५ बाट छानिए ३२७ उमेदवार, १०९ जनाको रोजगार पक्का (नामावलीसहित)

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि प्रदेश ५ बाट छानिए ३२७ उमेदवार, १०९ जनाको रोजगार पक्का (नामावलीसहित)

काठमाडौं-सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणाको तयारी पूरा गरेको छ। ५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेको सरकारले आगामी फाुगन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दैछ।

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनका लागि प्रत्येक स्थानीय तहमा रहने रोजगार सेवा केन्द्रका लागि रोजगार संयोजकको भर्ना प्रक्रिया चलिरहेको छ।
त्यसका लागि आवदेकहरुको सर्टलिस्ट निकालिसकेको छ ।

सर्टलिस्ट हेर्नका लागि यहाँ क्लिक गर्नुस् ।

फागुन २० गतेसम्ममा रोजगार संयोजक नियुक्त गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिए। प्रधानमन्त्री रोजगार कार्यक्रमको तयारी र कार्यन्वयनका बारेमा श्रम मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

कार्यक्रम कार्यन्वयनका लागि ऐन नियमहरु तयार भइसकेको अब कार्यन्वयन गर्न समस्या नभएको श्रम मन्त्री गोकर्ण बिष्टले बताए। यो कार्यक्रम बेरोजगारी समस्या हल गर्न कोसे ढुंगा साबित हुने मन्त्री बिष्टले दाबी गरे। अहिले तत्कालका लागि तलव सुविधा काम भएपनि रोजगारदाताको हैसियत अनुसार श्रमिकको तलब बढाउँदै लगिने बताए।

सरकारको उदेश्य बेरोजगार भत्ता दिनु नभएर रोजगारी दिनु भएकाले सकेसम्म सबैलाई रोजगारी दिने गरी अगाडि बढ्ने मन्त्री बिष्टले बताए ।काम नगरी धनी बन्‍ने र काम गर्नेलाई निर्वाह गर्नै धौ-धौ हुने दिनको अब अन्त्ये हुने पनि मन्त्री बिष्टले बताएका छन्।

अब देशमै श्रमको सम्मान हुने र वौदिक जनशक्तिका लागि पनि रोजगारीको अवसर मिलाउने मन्त्री बिष्टले बताए।

प्रधानमन्त्री रोजगार कार्यक्रमले अब काम खोज्ने र कामदार खोज्नलाई सूचिकृत गराउने छ। कामदार आवश्यक परे रोजगार केन्द्रमा गएर आवश्यकता अनुसार अब कामदार लिन सकिने छ । रोजगार केन्द्रले बेरोजगारको सूचि अनुसार ती काममा खटाउने छ।

प्रदेश अनुसार क्लिक गरेर सर्टलिस्ट हेर्नुस्
प्रदेश ५

प्रदेश १ अधिकृत

प्रदेश १ नायब सुब्बा
प्रदेश २ अधिकृत

प्रदेश ३ अधिकृत

प्रदेश ३ नायब सुब्बा

गण्डकी प्रदेश अधिकृत

गण्डकी नायब सुब्बा

कर्णाली प्रदेश अधिकृत

कर्णाली प्रदेश नायब सुब्बा

सुदुरपश्चिम प्रदेश अधिकृत

सुदुरपश्चिम प्रदेश नायब सुब्बा

प्रकाशित मिति : मंगलबार, माघ २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij