काँडेतारको प्वालबाट भागे कारागारका ६ कैदी बन्दी, कैदी खोज्न प्रहरी छ्याप्छ्याप्ती

काँडेतारको प्वालबाट भागे कारागारका ६ कैदी बन्दी, कैदी खोज्न प्रहरी छ्याप्छ्याप्ती

बुटवल । रूपन्देहीको भैरहवास्थित बाल सुधार गृह (बाल कारागार) बाट ६ जना कैदी बन्दी फरार भएका छन्।

सोमबार राति करिब १२ बजेको समयमा आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट भागेर उनीहरु फरार भएका हुन्।

फरार हुनेमा चारजना चोरी मुद्दाका र दुई जबरजस्ती करणीका कैदी बन्दी फरार रहेको बालसुधार गृह रुपन्देहीले जनाएको छ।

गृहकी प्रमुख सुभद्रा गौतमका अनुसार चोरी मुद्धा र जर्वजस्ती करणी मुद्धाका ६ जना अभियुक्तहरु भागेका हुन्।

उनले आफु सुत्ने कोठाको झ्याल फोडेर भान्सा कोठा हुदै तारे जाँलीले घेरिएको गेट र शुरक्षामा रहेका प्रहरीको आँखा छिचोलेर फरार भएको बताईन ।

उनका अनुसार १८ वर्ष मुनिका पुरुष कैदी र थुनुवालाई भैरहवामा बालसुधार गृहमा राख्ने गरिएको छ।

यस गृहमा बिभिन्न मुद्धाका ७२ जना कैदी बन्दी रहेका छन्।

गृहका अनुसार फरार हुनेमा जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका देवदह नगरपालिका ७ रुपन्देहीका १६ वर्षीय जीवन खत्री, जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका नौबाहिनी गाउँपालिका ४ प्युठानका १६ वर्षीय सुरेश घर्ती रहेका छन्।

भाग्नेमा चोरी मुद्दामा एक महिना १५ दिन सजाय र ८८ हजार एक सय रुपैयाँ जरिवाना तोकिएर सजाय भुक्तान गरिरहेका तानसेन नपा ३ पाल्पाका १७ वर्षीय सन्दीप रणपाल छन्।

त्यस्तै चोरी मुद्दामा एक महिना कैद र २ लाख ५२ हजार जरिवाना तोकिएर सजाय भुक्तान गरिरहेका विरुवा गापा ४ स्याङ्जाका १७ वर्षीय अनिश थापा, नकवजनी चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गाईघाट नेपालटार ३ उदयपुरका १७ वर्षीय सिद्धार्थजंग लामा (सविन पौडेल) र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बुटवल उपमनपा ८ का १५ वर्षीय राजेश सुनार रहेको बाल सुधार गृह रुपन्देहीले जनाएको छ।

सुधार गृहका कैदी र थुनुवालाई बालमैत्री वातावरण अन्तर्गत घाम ताप्न कोठाबाट बाहिर निकाल्ने गरिएको थियो। त्यहीक्रममा उनीहरुले योजना बनाएर फरार भएको बालसुधार गृह रुपन्देहीकी प्रमुख गौतमले बताइन्।

फरार अभियुक्त र कैदीहरुको रातिदेखि नै खोजी कार्य तिब्र पारिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताए ।

उनले बिश्वाससै गर्न नमिल्ने गरी बालक फरार भएको बताए।बालगृहमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा १० जना शुरक्षाकर्मीको टिम तैनाथ हुने गरेको छ ।

उनीहरुले पालै पालो शुरक्षा दिने गरेका छन्।

प्रकाशित मिति : मंगलबार, माघ २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij