बुटवल । फागुन २ गतेबाट शुरु हुने भनिएको २१ औ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता दुई दिन पछि धकेलिएको छ । देशभर नै फुटबल प्रतियोगिता चलिरहदा टिम ब्यस्तताको समस्याले फागुन ४ गतेबाट प्रतियोगिता हुने भएको हो ।
बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष हरि क्षेत्रीले तयारीका साथै टिम ब्यस्तताका कारण खेल दुई दिन पछि सारेको बताए ।
देविनगरस्थित एन्फा एकेडेमी सेन्टरमा आयोजना हुने प्रतियोगिताको तयारी तिब्र भैरहेको बताए ।टिकटबाट २५ लाख उठ्ने अनुमान रहेको बताए।
मैदानको पूर्वतर्फ १५ सय क्षमताको स्थाई प्याराफिट बनेको छ । दर्शकहरुलाई पहिलो चरणमा एक सय र दुई सय तथा दोस्रो चरणमा दुई सय र चार सय टिकट दर राखिने उनकाे भनाई छ ।
प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस दुई विभागिय टिमसहित झापा ११, सुनसरी ११, रुपन्देही ११, च्यासल ११, संकटा क्लब, मनाङ्ग मस्यार्दी क्लब, ब्रदर्श युनाईटेड क्लब भारत, डफिन(क्यामरुन) गरि १० टिमले भाग लिने भएको छ । यशोधा फुड प्रालिले प्रतियोगितालाई मुख्य प्रायोजन गरेको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्