JanataToday.com

Advertisment

SKIP THIS

अन्नपूर्ण एग्रोद्वारा अगुवा कृषक तालीम

अन्नपूर्ण एग्रोद्वारा अगुवा कृषक तालीम

बुटवल । अन्नपूर्ण एग्रो ईन्डस्ट्रीज प्राली बुटवललले हाईब्रिड मकै उत्पादन, प्रबर्धन तथा बजारीकरण सम्बन्धि ३ दिने अगुवा कृषक तालिम शुरु गरेको छ ।

फागुन १ गते बुधबाटबाट प्रालीकै कार्यालयमा तालीम शुरु भएको हो । थोरै जग्गाबाट अधिकतम उत्पादन गराउनको लागि तालीम आयोजना गरीएको प्रालीका प्राबिधिक प्रमुख डा प्रकाश कंडेलले जानकारी दिए ।

पछिल्लो समय उन्नत जातको मकैको तुलनामा हाईब्रिट मकैको उत्पादन राम्रो हुने बताउँदै एउटै मेहनतबाट धेरै उत्पादन गर्न सकिने बताए ।

तालीमको सहजिकरण गरीरहेका नेपाल कृषि अनुसन्धान परिषदका बाली बिज्ञान शाखाका बैज्ञानीक नारायाण खत्रिले प्राय जसो कार्यमा मकैको प्रयोग हुने बताउँदै नेपालको उत्पादनको हिस्सा नगन्य मात्रामा रहेको हुँदा यसले ठुलो धनरासी बिदेशमा गईरहेको बताए ।

उनले यो समस्या समाधानका लागि यस्ता तालीमहरु प्रभावकारी रहेको बताए ।

रुपन्देही, नवलपरासी र कपिलबस्तुका २० जना अगुवा कृषकहरु सहभागी तालीम पश्चात सोही क्षेत्रमा पुगेर समेत तालीम प्रदान गर्ने प्रालीका प्राबिधिक प्रमुख डा कंडेलले बताए ।

उनले अगुवा कृषकहरु प्रति ५० जनाबाट १ जना गरी १ हजार जनाको प्रतिनिधित्व भएको बताए ।

अन्नपूर्ण एग्रोले आफ्नो मातहतका कृषकले उत्पादन गरेको मकै बजार मुल्यमा खरिद गर्दै आएको छ । तालीमको शुरुबातमा प्रालीका सञ्चालक धातानन्द कंडेलले तालीम तथा एग्रोको बिषयमा जानकारी गराएका थिए ।

हाल एग्रोले टिएक्स थ्रि सिक्स्टनाईन र राजकुमार मकैको प्रयोगको लागी सुझाब दिँदै आएको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij