बुटवल । युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ)ले अनटिएफ अवार्ड वितरण कार्यक्रमको तयारी पुरा भएको छ ।
एवार्ड कार्यक्रमको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरि काम तिब्र रुपमा भएको अनटिएफका उपाध्यक्ष जगनलाल श्रेष्ठले (विपिन) ले बताए ।
फागुन ३ गते शुक्रबार कार्यक्रमको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव वहादुर विष्टद्धारा गरिने उनले बताए ।
नेपालको तेक्वान्दोको खेलको विकास तथा प्रवद्र्धनमा सहयोग पुग्ने सोचका साथ खेलमा निरन्तर लागेका खेलाडीहरु, एक डोजाङ्ग, तथा अन्य खेलप्रेमी ब्यक्तिहरुलाईएवार्ड कार्यक्रममा सम्मान गरिनेउनले बताए ।
अवार्ड अन्तरगत तेक्वान्दोको पुम्से विधामा एकजना पुरुष र एक जना महिला खेलाडी, स्पाइरिङ विधा तर्फ एकजना पुरुष र एक जना महिला खेलाडीलाई उत्कृष्ट खेलाडी पुरस्कार साथैं १ जना उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिने उनले बताए । यसैगरि पूर्वाधार तथा सुविधाको अभाव भएको विकट क्षेत्रको एक डोजाङलाई पनि सम्मान गरिने भएको छ ।
त्यस्तै तेक्वान्दो खेलको विकासमा सहयोग गर्ने अन्य व्यक्तित्वहरुलाई समेत सो अवसरमा सम्मान गरिने छ ।
अनटिएफ केन्द्रीय समितिको आयोजना तथा नेपाल च्याप्टरको व्यवस्थापन, आइओइएफटिसी तथा विभिन्न देशमा रहेका च्याप्टरको सहयोगमा फागुन ३ गते बुटवलमा अनटिएफ अवार्ड हुने महासचिव लभ गोर्खालीले बताए ।
अनटिएफमा विभिन्न देशमा वस्दैं आएका तेक्वान्दो खेलसंग जोडिएका पूर्व प्रशिक्षक, खेलाडी तथा वर्तमान प्रशिक्षक र खेलाडी एवं खेल प्रेमीहरुको सहभागिता रहेको छ ।
अनटिएफलाई संघिय ढाचामा लैजाने गरि काम समेत अघि बढाउने तयारी भएको उपाध्यक्ष जगनलाल श्रेष्ठले बताए । तेक्वान्दोको विश्वमा नै रहेको क्रेजलाई अझ उचाईमा लैजानका लागि उर्जावान खेलाडी उत्पादन, अन्तराष्ट्रिय प्रतियोगिता आयोजनाका साथै विभिन्न सामाजिक गतिविधीमा समेत अघि बढ्न जरुरी रहेको उनले बताए ।अनटिएफमा हाल पूर्व प्रमुख प्रशिक्षक सन्तोष प्रधानको अध्यक्षतामा केन्द्रीय समिति रहेको छ ।
अनटिएफ अवार्डका लागि नेपाल च्याप्टरका अध्यक्ष फनेन्द्र खड्काको अध्यक्षतामा उद्घोषण गोपाल अधिकारी, ब्यानर ब्यवस्थापन राजकुमार पाण्डे, सास्कृतिक ब्यवस्थापन राजु बरुण, मञ्च ब्यवस्थापन सुभाष डंगोल, अतिथि सत्कार तथा खाना ब्यवस्थापन विकास उदय तथा प्रचारप्रसारमा स्वस्तिक श्रेष्ठ र विश्वास ढकाललाई जिम्मेवारी दिईएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्