काठमाण्डाै – नेपाल राष्ट्र बैंकले साेमबार रु २ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइतबार सूचनामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ । कूल ९१ दिने अवधिको यो ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
नेपाल राष्ट्र बैंकले पछिल्लो दिनमा नियमितजसो नै वित्तीय उपकरणको प्रयोग गर्दै बजारमा उल्लेख्य मात्रामा तरलता प्रवाह गर्दै आएको छ ।
बैंकले यसअघि यसअघि गएको माघ २१ गते, माघ २८ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । बैंकले यही फागुन ७ गते ट्रेजरी बोलकबोलका बारेमा जानकारी दिनेछ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्