देवदह मेलामा सिङ्गीङ र डान्सिङ्ग आइडल जित्नेलाई २५ हजार

देवदह मेलामा सिङ्गीङ र डान्सिङ्ग आइडल जित्नेलाई २५ हजार

बुटवल । रुपन्देहीको देवदहमा लाग्न थालेको पाँचौ राष्ट्रिय औद्योगिक मेला कृषि तथा पर्यटन महोत्सवमा हुने सिङ्गीङ तथा डान्सिङ्ग आइडिय अडिसनको तयारि पुरा भएको छ ।

मंगलबारदेखि हुन थालेको अडिसनको तयारी पुरा भएको मेला आयोजक साँस्कृतिक उपसमितिले जनाएको हो ।

अडिशनबाट डान्सिङ्ग र सिङ्गिङमा टप १२÷१२ जना छनोट हुने भएका छन् ।

छनोटमा परेकाहरु फागुन १६ गतेदेखि हुन थालेको मेलामा आफ्नो प्रतिभाहरु प्रस्तुत गर्ने साँकृतिक उपसमिति संयोजक तेजु अर्यालले जानकारी दिए ।

मेलामा हुने प्रतिस्प्रधाबाट विजय हुने सिङ्गीङ र डान्सिङ्गले दुबैले नगद २५÷२५ हजार तथा मेडल तथा उपविजेताले १५ र तृतिय हुनेले १० हजार नगद प्राप्त गर्ने छन् ।

यस्तै साँकृतिक कार्यक्रमतर्फ विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, खुल्ला लोकगित प्रतियोगिता, कपल डान्स, अन्तरआमा समुह कला प्रस्तुति लगायतका प्रतिस्प्रर्धा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ लाग्न थालेको मेलामा स्थानीय उत्पादन, कृषि, पर्यटनको प्रवद्र्धन गर्नुका साथै खेलकुद, सास्कृतिक कार्यक्रम तथा बालउद्यान रहने मुलआयोजक समितिका अध्यक्ष गोपालप्साद ढकालले जानकारी दिए ।

फागुनको २७ गतेसम्म लाग्ने मेलामा देवदहको एतिहासिक क्षेत्रको पहिचान, क्षेत्र र महत्व झल्काउने फोटो प्रदर्शनी, एतिहासिक स्थलको डेमा, अग्लो खुकुरी र आर्कषक सेल्फि स्टेशन लगायतका स्टलहरु राखिने महासचिव हरि भण्डारीले बताए ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij