बुटवल । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले पत्रकार स्व. देव बहादुर पाटा मगरको १० औं स्मृतिमा रुपन्देहीमा क्रियाशिल पत्रकारहरुका बीचमा मैत्रिपूर्ण डबल ब्याट्मिन्टन् प्रतियोगिता आयोजना गर्ने भएको छ ।
फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष पत्रकार स्व. देव बहादुर पाटाको स्मृतिमा यहि फागुन १४ गते बुटवल ब्याट्मिन्टन् क्लबको बुटवल–११ स्थित माझगाउँमा रहेको नव दिलिप कभर्ड हलमा खेल आयोजना गरिएको फोनिज रुपन्देहीका अध्यक्ष सनु थापाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतिय स्थान हाँसिल गर्नेहरुका लागि शिल्ड, प्रमाणपत्र र पुरस्कार राशिको व्यवस्था गरिएको छ । खेलको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
बुटवलबाट प्रकासित राज्यसत्ता साप्ताहिकका सम्पादक रहेका पत्रकार देव बहादुर पाटाको २०६४ साल फागुन १४ गते बुटवल लखनचोक चौराहमा ट्रकले ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको थियो ।
फोनिज रुपन्देहीले हरेक वर्ष पाटाको स्मृतिमा रचनात्मक कार्यक्रम गर्दै आइरहेको छ । पत्रकार पाटाको योगदानलाई अक्षुर्ण राख्न स्व.देव बहादुर पाटामगर स्मृति पत्रकारिता पुरस्कारको समेत स्थापना गरिएको छ ।
उक्त पुरस्कारबाट हरेक वर्ष फोनिज स्थापना दिवसको अवसरमा रुपन्देहीमा क्रियाशिल एक जना श्रमजीवि पत्रकारलाई सम्मान गरिदैं आएको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्