म्याग्दी । रघुगंगा गाउँपालिका–३, राखुपिप्लेकी ८१ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् । गएको शुक्रबार राति १० बजेको समयमा आफ्नै घरमा स्थानीय ३५ वर्षीय गोरे परियारले राम्रोसँग बोल्न र हिँड्न नसक्ने वृद्धालाई बलात्कार गरेको जिल्ला प्रहरीे कार्यालय म्याग्दीले जनाएको छ ।
राति घरभित्र वृद्धा मात्रै सुतेको अवस्थामा परियारले एक्लै भएको मौका छोपी बलात्कार गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बलात्कारमा संलग्न आरोपित गोरे परियारलाई भाग्न लागेको अवस्थामा छिमेकीले समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।
प्रहरीका अनुसार वृद्धा मात्र सुतेको घरभित्र वृद्धाले अस्वभाविक आवाज निकालेपछि छेउकै घरमा बस्ने नातिनीले हेर्दा बलात्कार गर्न लागेको देखेपछि उनले छिमेकीलाई खबर गरेकी थिइन् । अशक्त उमेरकी वृद्धालाई आफन्तले बोकेर स्वास्थ्य परीक्षणका लागि बेनी अस्पताल म्याग्दी र उजुरी गर्न जिल्ला प्रहरी कार्यालय पुर्याएका थिए ।
आरोपित परियारलाई शुक्रबार राति नै पक्राउ गरी अनुसन्धान सुरु गरिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए । उनले म्याद थपेर आरोपित परियारमाथि अनुसन्धानको कार्य थप अगाडि बढाइएको र भने पीडितको अवस्था सामान्य रहेको बताए ।
यसअघि पनि आरोपित परियार गाई मारेको अभियोगमा ५ वर्ष जेल सजाय भुक्तान गरेर रिहा भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्