महारात्रि महाभिषेक

महारात्रि महाभिषेक

बुटवल । महा शिवरात्रिको अवसर पारि भगवती वास्तु तथा ज्योतिष सेवाले रुपन्देहीका विभिन्न शिवालय हरुमा महाभिषेक आयोजना गरेकाे छ ।

विगतका बर्षहरुमा पनि यस्तै गरि आयोजना गर्दै आएको ले यही फागुन महिनाको २० गते महाशिवरात्रि अवसर मा महाभिषेकको आयोजना गरिएको संयोजक विष्णु पौडेले वताए ।

महाभिषेक रुपन्देहीका ११ वटा शिवालय मन्दिरमा गरीने उनले जानकारी दिए । उनका अनुसार सरल र सवैलाई सहभागी गराउने उद्देश्य कार्यक्रको रहेको छ ।

कार्यक्रममा २२ जना ब्राह्मणहरुले एउटै पोषाकमा सस्वर अलग अलग शिवालयमा महाभिषेक गर्ने संयोजक पौैडेलले जानकारी दिए ।

उनले भने – ‘यो वर्ष सोमबार शिवरात्रि परेको हुँदा अन्य समयमा भन्दा बढि पूण्य हुन जान्छ । शिवरात्रिको दिन अभिषेक तथा शिव पूजा जागरणमा सभागिता जनाउनाले शिक्षा, स्वास्थ्य, रोजगार, प्राप्तिको लागि सहज हुन्छ तथा सन्तान दोष, ग्रह दोष, पितृदोष लगायतका दोषहरु शान्ति हुन्छ । बिशेष गरेर आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुका लागि अवस्था हेरेर निशुल्क सहभागि समेत गराउने छाैं । ’

कार्यक्रममा एउटा लघुरुद्री गर्दा १६ हजार बराबरको खर्च आउने आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रममा रात्री जागरण, भजन किर्तन, निर्जला ब्रत, चार प्रहरको पुजा , शिवालिङ्गमा दुग्ध अभिषेक लगायतका पुजा अर्चना गरीने आयोजकले जानकारी दिए ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij