सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने

सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने

 

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमा कुनै पनि शङ्का नगर्न आग्रह गरेका छन्। रौतहटका पार्टी नवप्रवेशीहरूलाई स्वागत गर्दै उनले सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्ने र त्यसलाई सच्याउन तयार रहेको बताएका हुन् ।

खराब नियत भएमा सच्याउन गाह्रो हुने उल्लेख गर्दै उनले असल सोच राखेर काम गर्दागर्दै पनि कहिलेकाहीँ विवाद आउन सक्ने धारणा राखे। सभापति लामिछानेले कहिलेकाहीँ किसानको पक्षमा भनेर गरिएका निर्णयहरू व्यावहारिक रूपमा फिल्डमा जाँदा विपक्षमा परिणत हुन सक्ने स्वीकार गरे ।

सरकारले जसको लाभका लागि निर्णय गरेको हो, त्यसबाट हानि पुगेको खण्डमा निर्णयहरू परिवर्तन हुने उनले स्पष्ट पारे। कुनै कामले धेरै ठुलो क्षति पुर्‍याएमा तत्काल परिमार्जन गर्नुपर्ने भएकाले सरकारलाई अलिकति समय दिनुपर्ने उनको भनाइ छ। नेतृत्वले एउटा निश्चित उद्देश्य र दृष्टिकोण राखेर योजना ल्याउने हुनाले कार्यान्वयनका केही चुनौतीकै कारण ती योजना खराब वा खतम नहुने उनले दाबी गरे।

नयाँ नेताहरूलाई स्वागत गर्दै लामिछानेले भने- ‘तपाईंलाई म के विश्वास गर्न चाहन्छु भने सरकारको नियतमा कुनै पनि शङ्का छैन, निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ र त्यसलाई करेक्सन गर्न चाहिन्छ ।’ कार्यान्वयनका क्रममा आउने चुनौतीले बाहिर भ्रम सिर्जना हुने तर्फ उनले सचेत गराए ।

प्रकाशित मिति : शनिबार, साउन २ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij