बुटवल । रुपन्देहीका राजनीतिक दलका नेता, जनप्रतिनिधि, संघ सस्थाका प्रतिनिधि र सर्बसाधारणले प्रदेश ५ को स्थायी राजधानी रुपन्देही र प्रदेशको नाम लुम्बिनी राख्न सुझाव दिएका छन् ।
प्रदेश नम्वर ५ को स्थायी राजधानी र नाम शिफारिस गर्न गठन भएको बिशेष समिति अन्र्तगतको संसदीय सुझाव संकलन समितिले आज भैरहवामा राखेको रुपन्देही जिल्लास्तरीय सुझानव संकलनका सहभागिहरुले गौतमबुद्धसंग जोडिएकाले प्रदेशको नाम लुम्बिनी र रुपन्देहीलाई नै स्थायी बनाउन सुझाव दिएका छन।
सिद्धार्थ उद्योग वाणिज्य संघमा सुझाव दिन उपस्थित भएका नेता, जनप्रतिनिधि तथा सर्बसाधारणले छिटो नामाकरण र स्थायी राजधानिी घोषणा गरेर बिकास निर्माणमा जुटन प्रदेश सभाका सदस्यहरुलाई आग्रह गरेका छन ।
उनीहरुले रुपन्देही प्रदेशको राजधानिीका लागि सुगम र पुर्वाधार भएको जिल्ला भएको र बुद्धजन्मस्थल लुम्विनी पनि यही भएकाले अनावश्यक बिवादमा नफस्न प्रदेश सभा सदस्यहरुलाई सुझाव दिएका छन ।
कार्यक्रममा रुपन्देहीका नगरपालिकाहरुको तर्फबाट बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदी, गाउपालिकाहरुको तर्फबाट सुद्धोदन गाउपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरी, उद्योगि व्यवसायीहरुको सस्थाका तर्फबाट बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, संघ सस्थाको तर्फबाट नेपाल पत्रकार महासंघ रुपन्देृहीका सचिव कमल रायमाझि सहित नेकपा, नेपाली काग्रेस,संघिय समाजवादी फोरम, राजपा, राष्टिय जनमोर्चा लगायतका पार्टीका प्रतिनिधिहरुले सुझाव दिएका थिए ।
सुझाव संकलनको लागि खटिएको टोलीका सदस्य एवं प्रदेश सभा सदस्य सरस्वती गौतमले प्रदेशको नाम र राजधानीको काम अगाडि बढ्न नसकेको गुनासो आइरहेकोले सुझाव संकलन गरी समितिले संम्भाबित स्थान र नाम शिफारिस गर्ने बताए ।
रुपन्देहीमा सुझाव संकलन कार्यक्रममा उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रि लिला गिरी, प्रदेश सभा सदस्यहरु दधिराम न्यौपाने, भोज प्रसाद श्रेष्ठ, कृष्ण न्यौपाने, सन्तोष कुमार पाण्डे, फकरुद्दिन खाँ,पुक्ष्पा चौधरी,बिमला पन्थी, कमला बिक, लगायत रुपन्देहीबाट प्रत्यक्ष निर्वाचित तथा समानुपातिक प्रदेश सभा सदस्यहरु, रुपन्देहीका जिल्ला समन्वय समितिका प्रमुख एकराज बिक लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति : मंगलबार, फाल्गुन १४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्