विवाह गर्दै रणवीर र आलिया !

विवाह गर्दै रणवीर र आलिया !

काठमाडौं । आलिया भट्ट र रणवीर कपूर बलिउडका चर्चित जोडी हुन् ।

साथै उनीहरु दुवै अयान मुखर्जीको चलचित्र ‘ब्रह्मास्त्र’ मा पनि सँगै देखिँदैछन् । यी दुईले धेरैजसो समयसँगै बिताउने गरेका छन् ।

उनीहरुले अब छिटै नै विवाह गर्नसक्ने बताइएको छ ।

ब्रह्मास्त्रपछि उनीहरुलाई आएको एक नयाँ चलचित्रको प्रस्ताव उनीहरुले अस्वीकार गरेका छन् ।

बलिउडको एक ठूलो कम्पनी आफ्नो प्रोजेक्टको प्रचारको लागि आलियालाई साइन गराउन चाहन्थ्यो तर उनीहरु दुवैले यसको हिस्सा बन्न अस्वीकार गरेका हुन् ।

समाचारमा बताइएअनुसार आलिया र रणवीर आफ्नो विवाहअघि अब कुनै पनि चलचित्रमा काम नगर्ने मनसायम रहेका छन् ।

अहिले आलिया भट्टको ‘गली ब्वाई’ चलचित्रले निकै राम्रो कमाइ गरिरहेको छ ।

चलचित्रमा रणवीर कपूरले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् । चलचित्रका निर्देशन जोया अख्तरले गरेकी छिन् ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij