JanataToday.com

Advertisment

SKIP THIS

रौतहटमा स्कूल बस र ट्रक ठोक्किँदा बालिकाको मृत्यु, १० घाइते

रौतहटमा स्कूल बस र ट्रक ठोक्किँदा बालिकाको मृत्यु, १० घाइते

वीरगञ्ज । रौतहटमा रहेको मध्य प्रहरी आवासीय विद्यालय जिगडियाको विद्यार्थी बोकेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक आपसमा ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

दुर्घटनामा चार वर्षीया क्यालोरिना राईको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी उनको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

विद्यार्थी र शिक्षक बोकेर होस्टेल तर्फ जाँदै गरेको बा १ ग २१७९ नम्बरको स्कूल बस र विपरीत दिशाबाट उखु बोकेर आइरहको ना ३ ख ७४१८ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

घाइते हुने मध्ये बसका चालक डम्बर विक, विद्यार्थीहरु आयात सिंह, युवराज पटेल, कृतिका रन्जन, सौगात सारु, आर्यन रस्तोगी, प्रहरी जवान विष्णुमाया स्याङ्तान, शिक्षिकाद्वय निरुपा कार्की र ईश्वरी थापाको मात्र परिचय खुलेको छ । जसमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको छ।

घाइतेहरुको गरुडामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij