सुझाव संकलन टाेली गुल्मीमा : राजधानी बुटवल आसपास र नाम लुम्बिनी राख्न सुझाब

सुझाव संकलन टाेली गुल्मीमा : राजधानी बुटवल आसपास र नाम लुम्बिनी राख्न सुझाब

गुल्मी । प्रदेश ५ को राजधानी र नामाकरणका लागि बुधबार गुल्मीमा सुझाव संकलन गरिएको छ ।

सुझाव संकलनका लागि प्रदेशसभाको विशेष समितिले गुल्मी सदरमुकाम तम्घास पुगेको हो । सुझाव संकलनका लागि आयोजित अन्तरकि्रयामा सहभागीले राजधानी बुटवल आसपास र नाम लुम्बिनी प्रदेश राख्न सुझाव दिएका छन् ।

जिल्लास्थित बिभिन्न स्थानीय तहका प्रमुख उपप्रमुख, राजनीतिक दलका प्रमुख, बिभिन्न कार्यालयका प्रमुहरु, नागरिक समाज, पत्रकारहरुको उपस्थितिमा सुझाव संकलन गरिएको हो ।

कार्यक्रममा सहभागी रुरु गाउँपालिका गुल्मीका अध्यक्ष निलकण्ठ गौतमले स्थायी राजधानी र नामाकरण कहाँ राख्ने कुन ठाउँ उपयुक्त छ भन्नेबारे निर्वाचित जनप्रतिनिधिहरुलाई जिम्मा दिएको बताए ।

कार्यक्रम मदाने गउँपालिका अध्यक्ष दानबहादुर केसी, इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट, चन्द्रकोट गाउँपालिका अध्यक्ष दोर्ण खत्री, छत्रकोट गउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ, जिल्ला समन्वय समिति सदस्यहरु राममल्ल ठकुरी, दलबहादुर बिश्वकर्मा, चेतन बस्नेतलगायतले प्रदेशको राजधानी सबै पक्षलाई मध्यनगर राखेर तोक्ने जिम्मा निर्वाचित जनप्रतिनिधिको काधमा रहेको बताए ।

कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, नेकपा गुल्मीका सचिव बुद्धि जिसी, नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी, गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका महासचिव तारा भुसाल लगायतले बिधि प्रक्रियाबाट राजधानी र नामाकरण टुङ्गाउन सुल्झाएका थिए ।

उनीहरु अहिलेसम्म पनि राजधानीको बिषयमा अडकिनुले प्रदेशसभाको विकास र अन्य क्रियाकलापमा पछाडि परिरहेको बताए ।

कार्यक्रममा २ जना सहभागीले मात्रै जातीयतालाई ख्यल राखेर नामाङकन र राजधानी दाङ हुनुपर्ने मत राखेका थिए ।

सुझाव संकलनमा सहभागी लिखित रुपमा दिएका थिए । संकलित सुझावहरु प्रदेशसभामा लगेर अध्ययन गरिने प्रदेशसभा बिशेष समितिले जनाएको छ ।

सुझाव संकलन कार्यक्रममा प्रदेशसभा बिशेष अधिकार समिति संयोजक कमल श्रेष्ठ, सदस्य भुवनेश्वर चौधरी, सहसराम यादव, बावुराम गौतम, खडग केसी, जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij