काठमाडौँ : ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेको शव पारासुटबाट हेलिकोप्टरमा राखेर काठमाडौँ ल्याउन लागिएको छ।
दुर्घटनास्थलमा हेलिकप्टर ल्याण्ड गर्न नमिलेपछि प्रहरीले पारासुटबाट तल झरेर शव उठाउन लागेको हो।
काठमाडौँबाट उद्धारको लागि गएको हेलिकोप्टरलाई आगो बालेर झण्डा देखाउँदै ल्याण्ड गर्न खोजिए पनि सम्भव हुन सकेन।
दुर्घटनास्थलमा अहिले पनि हिउँ परिरहेको छ। बुधबार भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो।
तस्वीर : देश सञ्चार
प्रकाशित मिति : बुधबार, फाल्गुन १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्