ताप्लेजुङ– मौसम खराव भएपछि हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव संकलन गर्न समस्या भएको छ।
ताप्लेजुङको दुर्घटनास्थलमा भारी वर्षा र हिमपात भएपछि हेलिकोप्टर जान सकेको छैन ।
यसअघि चार वटा शव हेलिकोप्टरमार्फत प्यारासुटबाट संकलन गरिएको भएपनि अरु शव संकलन गर्न नसकिएको हो।
अब बिहीबार बिहान मात्रै संकलन गरिने उद्धारमा खटिएको नेपाली सेनाले जनाएको छ।
अब भोलि बिहान सबै शव संकलन भएपछि मात्रै काठमाडौं ल्याइने छ।
बुधबार दिउँसो भएको दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको छ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्