JanataToday.com

Advertisment

SKIP THIS

मगर खाना तथा सांस्कृतिक महोत्सव

मगर खाना तथा सांस्कृतिक महोत्सव

बुटवल । ३७ औं मगर दिवसको अवसरमा बुटवलमा विभिन्न कार्यक्रमहरु भएका छन् ।

बुटवल ११ देवीनगरस्थित एमजी क्लबले मगर मौलिक खाना तथा सांस्कृतिक सांझ कार्यक्रम सम्पन्न गरेको छ ।

जसमा बोल्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले मगर समुदाय आदिवासी जनजाति मध्येको पहिलो ठूलो जनसंख्या भएको जाति भएको उल्लेख गर्दै आफ्नो मौलिक संस्कृति,परम्परा,भाषा संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले पश्चिमा संस्कृतिको अन्धाधुन्द नक्कलले आदिवासी जनजातिका मौलिक संस्कार र संस्कृति लोप हुन सक्ने भएकाले त्सतर्फ सचेत हुन सुझाव दिए ।

उनले संविधानमा सबैका हक अधिकार सुनिश्चित भएपनि कानुन निर्माण गरेर व्यवहारमा कार्यान्वयन गर्ने चरणमा मुलुक रहेको बताए ।

सो अवसरमा प्रदेश ५ सांसद तुलाराम घर्ती, नेपाल मगर संघ भाषिक केन्द्रीय उपाध्यक्ष दलबहादुर विरकट्टा मगर,रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय राना लगायतले मगर समुदायका कला,संस्कृति,भाषा संरक्षणमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए ।

क्लबका अध्यक्ष तुलजी सारुको अध्यक्षता, उपाध्यक्ष श्रीधर अर्गालीको स्वागत, महासचिव पिवष्णुकुमार थापाको संचालन र सचिव देवलाल अर्गालीको धन्यवाद ज्ञापनमा सम्पन्न कार्यक्रममा राष्टिय कलाकार जुना श्रीस,प्रसाद खप्तडी मगर लगायत स्थानीय कलाकारको प्रस्तुति रहेको थियो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij