हेलिकोप्टर दुर्घटना : छिन्नभिन्न शवको एन्टिमोर्टम गरेर परिवारलाई बुझाइने

हेलिकोप्टर दुर्घटना : छिन्नभिन्न शवको एन्टिमोर्टम गरेर परिवारलाई बुझाइने

काठमाडौ । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सातै जनाको शव ‘एन्टिमोर्टम’ गरिने भएको छ। त्यसपछि मात्र परिवारलाई हस्तान्तरण गरिनेछ।

‘एन्टिमोटम’ भनेको शवको हुलियाअनुसार टुक्रा मिलाएर सग्लो शव बनाउने प्रक्रिया हो। त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डिर्पाटमेन्ट प्रमुख हरिहर वस्तीसहित १७ जना भन्दा बढी चिकित्सक मृतकका आफन्तसँग उनीहरुको हुलियाका विषयमा जानकारी लिएका छन्।

फरेन्सिक विभागका चिकित्सकहरुले मृतकका शरीरका सबै अंगका बिषयमा परिवार सदस्यसँग जानकारी लिएपछि सोही अनुसार शव जोड्ने काम हुनेछ। वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईंले फरेन्सिक विभागमा मृतकको हुलिया प्रष्ट बताउन सक्ने परिवार सदस्यले जानकारी गराएको नेपालखबरलाई बताए। केही शव चिन्न गाह्रो हुने क्षतविक्षत अवस्थामा छन्।

बुधबार फुङलिङ नगरपालिका– १० सिमखोलास्थित तारेभीरको जंगलमा डाइनेष्टिक एयरको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको थियो।

ताप्लेजुङ प्रहरीका डिएसपी सञ्जय सिंह थापा सहितको टोलीले दुर्घटनास्थलबाट सातै जनाको शवका अंगहरु उद्दार गरेको थियो। उद्दार गरिएका शब बिहीबार मध्यान्ह सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो।

दुर्घटनामा मन्त्री रविन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुब भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएको थियो।

तेह्रथुमबाट काठमाडौं फर्कने क्रममा भिरमा हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको हो। हेलिकोप्टर जलेर नष्ट भएको छ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij