काठमाडौं– ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मयामको तारेभिरमा हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी र उनका अंगरक्षक बाकेह अन्य पाँच यात्रुको शव पहिचान हुन सकेको छैन ।
बुधवार १२ बजेर ३५ मिनेटमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री अधिकारी, उनका अंगरक्षक अर्जुन घिमिरे, पर्यटन ब्यवसायी आङछिरिङ्ग शेर्पा, नागरिक उड्डयन प्रधिकरणका उप–महानिर्देशक वीरेन्द्र श्रेष्ठ, नागरिक उड्डयन प्रधिकरणका निर्देशक ध्रुवदास भोछिभोया, उप–सचिव युवराव दाहाल र क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको थियो ।
दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारी र उनका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) सञ्जय सिंह थापाले रातोपाटीलाई जानकारी दिएका छन् । अन्य यात्रुको शव जलेको अवस्थामा फेला परेकाले चिन्न सक्ने अवस्थामा नरहेको बताइएको छ ।
‘मन्त्री ज्यू र अंगरक्षकको बाहेक अन्य यात्रुको सनाखत हुन सकेको छैन’ डिएसपी थापाले भने, ‘हामीले शवलाई पोष्टमार्टमका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाएका छौं ।’
मृतकहरुको सनाखत (शव पहिचान) र पोष्टमार्टम भएपछि मात्र अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइन्छ । शवलाई काठमाडौं ल्याएपछि परिवारका सदस्यहरुले पनि शव पहिचान गर्न नसकेमा डीएनए रिपोर्ट मार्फत सनाखत गर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्